बालअधिकार सुनिश्चित गर्न अध्यक्षको जोड

शेयेर गर्नुहोस


टीकापुर २२ साउन /
टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले बालबालिकाहरुको अधिकारलाई सुनिश्चित गर्न सबै निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।
यार्ड धनगढीको आयोजना तथा वल्डभिजनको आर्थिक सहयोगमा भएको बालअधिकारको आवाजलाई सशक्त बनाउँदै बाल अधिकार तथा समृद्धिको मुद्दामा सञ्चार माध्यमसँग अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै वडा अध्यक्ष न्यौपानेले बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न सबै क्षेत्रमा महत्त्वपूर्ण हुने बताएका हुन । “बाल समूह संवेदनशील समूह हो । त्यसमा निगरानीका साथै उनीहरूको भावनालाई बुझेर काम गर्नुपर्ने हुन्छ ।” उनले भने, “बालबालिकाको क्षेत्रमा क्रियाशिल अभिभावक, बिधालय, सरकार तथा गैरसरकारी संघसंस्था सबैले उनीहरूको अधिकारलाई ख्याल गरेर बालबालिकामा जिम्मेवारी बोधको भावना जगाउन सक्नुपर्छ ।”
बालविवाह, लागुऔषध दुर्व्यसनी, बालहिंसा, मोबाइल फोनका कारण हुनसक्ने जोखिमहरुबाट बालबालिका ग्रसित हुँदै गएको बताउँदै अध्यक्ष न्यौपानेले वडा कार्यालयले त्यसलाई कम गर्न समुदायमा पढाइ शिविरलाई निरन्तरता दिएको बताएका छन् । यार्डका सामाजिक परिचालक रतन चौधरीले बालबालिकाको समग्र समस्याहरुको पहिचान गर्दै त्यसको निराकरणका लागि बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना काम गर्दै आएको बताए । उनले पछिल्लो समयमा बालमैत्री वडा घोषणाको लागि पनि परियोजनाले काम गरिरहेको बताए ।
परियोजनासँग जोडिएर काम गर्दै आएका आरसी बालबालिकाहरुले शिक्षाको क्षेत्रमा राम्रो सहयोग पाएको बताएका छन् । आरसी इसिका चौधरीले परियोजनाले पढाइको महत्त्व बुझाएको बताउँदै शैक्षिक सामाग्रीहरुमा पनि राम्रो सहयोग गरेको बताइन् । त्यस्तै विकल्प चौधरीले घरमा अभिभावकले कामको बोझ थुपार्ने गरेको बताउँदै कार्यक्रम सञ्चालन हुँदै जाँदा अभिभावकमा चेतना विकास हुनुको साथै पढाइको वातावरण सिर्जना भएको बताए ।
आरसी बालबालिकाको अभिभावक उर्मिला चौधरीले परियोजनामा आबद्ध हुनुभन्दा पहिलेको भन्दा बालबालिकाका धेरै परिवर्तन देखिएको बताइन् । उनले अभिभावकमा अफ्ना बालबालिकालाई पढाउनुपर्छ भन्ने मानसिकता विकास हुनुका साथै बालबालिकामा पढ्नुपर्छ भन्ने भावना जागेको बताएकी छन् । अर्कि अभिभावक ज्ञानु थापाले परियोजनाले बालबालिकाको सिकाइ र व्यवहारमा राम्रो काम गरेको बताउँदै अभिभावकलाई पनि बालबालिका प्रती उत्तरदायी बनाएको बताएकी छन् ।
परियोजनाले टीकापुर नगरपालिकाको वडा नं.६,७ र ८ मा काम गरिरहेको छ भने अन्य चारवटा स्थानीय तहमा पनि काम गरिरहेको छ ।

ताजा खबर

चार अस्पताल विश्वविद्यालयमा गाभिने

कसले तिर्छ साढे ३६ लाख बक्यौता

Leave a Reply

Your email address will not be published. Required fields are marked *