टीकापुर डान्स आइकोनको उपाधी रश्मीलाई

शेयेर गर्नुहोस


टीकापुर १४ असोज /
टीकापुर डान्स आइकोनको उपाधी रश्मी साउँदले हात पारेकी छन् ।
द क्राउन डान्स एण्ड जुम्बा सेन्टरको आयोजनामा भएको टीकापुर डान्स आइकोनको फाइनलमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै साउँदले उपाधी हात पारेकि हुन । टीकापुर स्थित युनाइटेड एकेडेमीमा अध्ययनरत साउँदले उपाधीसँगै ५० हजार नगद सहित ट्रफी जितेकी छन् ।
प्रतियोगितामा उपविजेता आरएमई स्कुल टीकापुरकी मेरियाल क्षेत्री भएकी छन् । उनले २५ हजार नगद पुरस्कार प्राप्त गर्दा प्रतियोगिताको तृतीय आरएमई स्कुलकै स्मारिका रेग्मी भएकि छन् । रेग्मीले १० हजार नगर हात पार्दा प्रतियोगितामा पाँच हजार नगद हात पार्दै अदिती रावल शान्त्वना भएकी छन् ।
टीकापुर नगरपालिका भित्रका विभिन्न बिधालयहरुमा अडिसन राउण्ड हुँदै फाइनल राउण्डको लागि १५ जना छनोट भएका थिए । फाइनल कार्यक्रममा टीकापुर नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले प्रमुख अतिथि रहेकी थिइन् । फाइनल प्रतियोगितामा नृत्य निर्देशक हेमन्त पाण्डे र पोषण भण्डारी निर्णायकमा हरेका थिए ।
विशुद्ध उत्कृष्ट प्रतिभाको खोजीका लागि प्रतियोगिता आयोजना गरेको द क्राउन डान्स एण्ड जुम्बा सेन्टरका सञ्चालक तथा प्रतियोगिताका संयोजक अर्जुन विश्वकर्माले जानकारी दिएका छन् । “हामीले नृत्य क्षेत्रलाई स्थापित गर्नकै लागि प्रतियोगिता आयोजना गरेका थियौं । जहाँ नो भोट नो टिकटको व्यवस्था गरिएको थियो ।” उनले भने, “यस प्रतियोगिताबाट नयाँ प्रतिभाशाली कलाकार उत्पादन हुने विश्वास लिएका छौँ ।” उनले विगत लामो समयदेखि नृत्य क्षेत्रमा रहेर काम गर्दै गर्दा नृत्य क्षेत्रलाई व्यावसायिक रुपमा लैजानको लागि पनि यस्ता प्रतियोगिताले भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन नृत्य निर्देशक तथा उद्घोषक भरत भण्डारीले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *