शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर १८ असोज /
टीकापुर अस्पतालले गत आर्थिक वर्षमा ६ करोड भन्दा बढी रकम चिकित्सक तथा कर्मचारीको प्रोत्साहन भत्तामा खर्च गरेको पाइएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा ६ करोड २८ लाख ८३ हजर चार सय ४५ रुपैयाँ चिकित्सक तथा कर्मचारीको प्रोत्साहन भत्तामा खर्च गरेको पाइएको हो । अस्पतालले गत वर्ष २८ करोड ७७ लाख ८७ हजार ७ सय ६३ रुपैयाँ आम्दानी गरेको देखिएको छ । उक्त आम्दानीबाट कर कट्टी गरेर अस्पतालले कर्मचारीहरुलाई पाँच करोड ३४ लाख ५० हजार ९ सय २८ रुपैयाँ प्रोत्साहन भता बापत भुक्तानी गरिएको छ ।
अस्पतालको प्रयोगशालाबाट ७ करोड ९० लाख ४५ हजार २२ रुपैयाँ आम्दानी हुँदा कर कट्टी गरेर ८९ लाख १६ हजार पाँच सय ८५ रुपैयाँ प्रोत्साहन भत्ता प्रयोगशालामा कार्यरत कर्मचारीलाई वितरण गरिएको छ । त्यसैगरी डेन्टल फाँटबाट ४७ लाख ४७ हजार चार सय आम्दानी हुँदा भत्तामा १८ लाख २७ हजार एक सय ९७ रुपैयाँ भुक्तानी भएको छ । इ. एन. टि. फाँटले गत आर्थिक वर्ष १४ लाख १९ हजार पाँच सय आम्दानी गर्दा चार लाख ९० हजार तीन सय १० रुपैयाँ भत्तामा भुक्तानी गरेको छ ।
अस्पतालको अर्थोपेडिक सर्जरी फाँटबाट एक करोड ४६ लाख ३६ हजार ९ सय ५० रुपैयाँ आम्दानी गर्दा ७२ लाख ११ हजार पाँच सय ३१ रुपैयाँ, गाइनो सर्जरी फाँटबाट ३९ लाख ५२ हजार ६० आम्दानी हुँदा १९ लाख ३९ हजार एक सय ७७ रुपैयाँ, जनरल सर्जरी फाँटमा एक करोड ३१ लाख ८१ हजार एक सय आम्दानी हुँदा ५३ लाख ८७ हजार एक सय २६ रुपैयाँ र अस्पतालको रुम नम्बर १ काउन्टरबाट राती र सार्वजनिक बिदाको दिनको ६३ लाख ९६ हजार ६ सय ९० आम्दानी हुँदा एक लाख १० हजार ९७ रुपैयाँ प्रोत्साहन भत्ता कर कट्टी गरी अस्पतालले कर्मचारीलाई भुक्तानी गरेको छ ।
एक्सरे फाँटबाट एक करोड ३६ लाख ९० हजार ९ सय ५० रुपैयाँ अस्पतालले आम्दानी गरेको छ भने त्यसबाट कर कट्टी गरेर सो फाँटमा कार्यरत कर्मचारीलाई १२ लाख ३२ हजार चार सय १५ रुपैयाँ भुक्तानी गरेको छ । फार्मेसीमा १० करोड ५७ लाख ५५ हजार तीन सय २८ रुपैयाँ आम्दानी गर्दा १९ लाख २३ हजार एक सय १५ रुपैयाँ कार्यरत कर्मचारीलाई प्रोत्साहन भत्तामा खर्च गरिएको छ् । फिजियोथेरापी फाँटले गत आर्थिक वर्षमा ६३ लाख २७ हजार तीन सय २० रुपैयाँ आम्दानी गर्दा कार्यरत कर्मचारीले १९ लाख २७ हजार ६ सय ७१ रुपैयाँ प्रोत्साहन भत्ता पाएका छन् ।
उता युएसजी फाँटले एक करोड ६३ लाख २६ हजार आम्दानी गर्दा ४९ लाख ४२ हजार ८ सय १४ रुपैयाँ प्रोत्साहन भत्तामा वितरण हुँदा सिटि स्क्यानबाट ४३ लाख १४ हजार दुई सय आम्दानी गर्दा १८ लाख ९३ हजार ९ सय ४१ रुपैयाँ कार्यरत कर्मचारीले प्रोत्साहन भत्ता बापत प्राप्त गरेका छन् । त्यसरी जम्मा तीन करोड ८७ लाख एक हजार ९ सय ७९ रुपैयाँ उल्लेखित फाँटमा काम गर्ने चिकित्सकले प्रोत्साहन भत्ता बापतको रकम अस्पतालबाट बुझेका छन् । जुन रकम कर कट्टी पछि प्राप्त हुन आउने रकम हो । साथै अस्पतालमा कार्यरत कन्सल्टेन्ट, फार्मेसी अधिकृत र बायोपमेडिकल टेक्निसियनले तलब स्केलको दुई सय प्रतिशत, एक सय प्रतिशत र ६० प्रतिशत भत्ता पाउने गरेको समाधान न्युज दैनिकले सुचनाको हक प्रयोग गरेर मागेको प्रतिवेदनमा उल्लेख छ । जसअनुसार ६३ लाख ७० हजार ६ सय ६७ रुपैयाँ कर कट्टी गरेर अस्पतालले भुक्तानी गरेको छ ।
त्यतिमात्र नभई अन्य विविध शिर्षक आम्दानीबाट समेत प्रोत्साहन भत्ता चिकित्सक तथा कर्मचारीहरुलाई अस्पतालले प्रदान गदै आएको छ । सार्वजनिक बिदा, रातीको ड्युटी लगायत १० शिर्षकमा थप ८० लाख ७८ हजार दुई सय ७३ रुपैयाँ प्रोत्साहन बापत कर कट्टी गरेर भुक्तानी भएको विवरणमा उल्लेख छ ।










