शेयेर गर्नुहोस
टीकापुर ०८ कार्तिक /
टीकापुर नगरपालिका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले सहकारीले जागरुक नागरिक कृर्षि सहकारीलाई कृषि मै लगानी गन सुझाव दिएका छन् ।
जागरुक नागरिक कृषि सहकारीको नवौं वार्षिक साधारण सभा बोल्दै नगाार्जींले सदस्यहरुको आम्दानी वृद्धि हुने खालका योजना ल्याउनु पर्ने बताएका हुन । कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले टीकापुरमा बस्ने शेयर सदस्यहरुसँग थोरै जग्गा रहेकाले करेसाबारी र कौशी बारीमा उत्पादन हुने खालका खेतीमा ध्यान दिनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा कार्यपालिका सदस्य दिपक निशानीले आफुले सहकारीको उन्नती र विकासका लागी सहयोग गर्ने प्रतिवद्धता जनाए । ३ सय ७४ जना शेयर सदस्य रहेको जागरुक नागरिक कृषि सहकारी संस्था टीकापुरको शेयर पूजी ४१ लाख ४८ हजार रुपियाँ रहेको छ । सहकारी आर्थिक वर्ष २०८२/०८३ मा १२ लाख ५५ हजार ४ सय ४४ रुपैया व्याज आम्दानी गरेको छ भने खुद ४ हजार दुई सय ९२ रुपियाँ रहेको छ ।
कार्यक्रममा सहकारीका सदस्यहरुका छोराछोरीले एसईईमा उत्कृष्ट अंक प्राप्त गरेबाफत यूराज विश्वकर्मा र संस्थालाई सहयोग गरे बाफत उत्कृष्ट कार्यसमिति सदस्य पवित्रा टमट्टालाई सम्मान गरेको छ । सहकारीले आगामी दिनमा हल्दी खेती विस्तार, केरा खेतीको अध्ययन, मल तथा वीउ विजन वितकरण, कृषि खेतीमा लगानी विस्तार लगायतको निती लिएको छ ।
सहकारीका अध्यक्ष रंग विश्वकर्माले सहकारीका सम्पुर्ण शेयर सदस्यहरुलाई सहकारीकारीको उदेश्य अनुसार कृषि खेतीबाट आम्दानीको स्रोत बढाउन लाग्नु पर्ने र सहकारीलाई पनि बलियो बनाउदै लैजानु पर्ने बताएका छन् ।










