प्रस्ताबित समुदायिक बनमा बृक्षारोपण

शेयेर गर्नुहोस


समाधान समाचार,
भजनी २७ भाद्र/
प्रस्तावित सामुदायिक बनमा बृक्षारोपण गरिएको छ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना टीकापुरले उपलब्ध गराएको ४५ सय बिरुवा प्रस्ताबित कालाकुण्डा सामुदायिक बन उपभोक्ता समिति टिकापुर नगरपालिका वडा नं.७ ले प्रस्ताबित बन क्षेत्रमा वृक्षरोपण गरी गरिएको हो। उक्त बन क्षेत्रमा सिसम , खयर, बेद , लिप्टिस , ताकी , कोइरालो, बकाइनो,सिरिस, अमालाका ४५ सय बिरुवा रोपिएको बनका अध्यक्ष भिउ राज साउदले जानकारी दिएका छन।
केही वर्ष अघि सम्म भारतले उक्त क्षेत्र आफ्नो दाबी गर्दै आएकोमा दुबै देशको रोहबर सिमा स्तम्भकि आधारमा उक्त जग्गा नेपाल तर्फको प्रमाणीत भए पश्चात उक्त क्षेत्रलाई सामुदायिक बनको रूपमा बिकास गरेकोे डल्फिन ,जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोज राज ढुंगानाले बताए ।
प्रस्ताबित कालाकुण्डा सामुदायिक बन उपभोक्ता समिति टिकापुर नगरपालिका वार्ड नं.७ को नेतृत्वमा भएँको वृक्षरोपण कार्यमा प्रस्ताबित कालाकुण्डा सामुदायिक बन उपभोक्ता समितिका आम उपभोक्ता , डल्फिन ,जलचर तथा जैविक विविधता संरक्षण नेपालका सदस्यहरुको समेत उपस्थित रहेको थियो।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *