अधिकारीलाई समर्थन गर्दै जैशीको उम्मेदवारी फिर्ता

शेयेर गर्नुहोस


टीकापुर २९ फागुन /
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आउँदो चैत ५ गते हुने निर्वाचनमा बिरेन्द्र बिद्या मन्दिर क्याम्पस टीकापुरबाट सभापति पदमा स्वतन्त्र उम्मेदवारी दिएका तिलक प्रसाद जैशीले नेपाल बिद्यार्थी संघको तर्फबाट सभापतिको उम्मेदवार बनेका नवीन अधिकारीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी दर्ताका क्रममा संगठनबाट टिकट नपाएर सभापति पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका जैशीले सोमबार एक बिज्ञाप्ति जारी गर्दै आफुले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै अधिकारीलाई समर्थन गरेको बताएका हुन । प्रेस बिज्ञाप्तिमा उम्मेदवारी दिँदाका प्रस्ताव चेतमान कठायत र प्रस्तावक आरुष जैशीले समेत अधिकारीलाई समर्थन गरेका छन् । “निर्वाचन कार्यालयको उम्मेदवारी फिर्ता लिने समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएर लोकतान्त्रिक आन्दोलनमा बिद्यार्थीका हक र अधिकारका लागि सधै क्रियाशील संगठन नेपाल बिद्यार्थी संघको तर्फबाट सभापतिको उम्मेदवार बनेका नवीन अधिकारीको समावेशी टीमलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।” बिज्ञाप्तिमा भनिएको छ ।
नेविसंघ बिरेन्द्र बिद्या मन्दिर क्याम्पसका सभापतिका उम्मेदवार अधिकारीले जैशीको उम्मेदवारी फिर्ताले आफुलाई चुनाव जित्न सहज हुने बताएका छन् । “क्याम्पसमा बिद्यार्थीहरुका लागि अहिलेसम्म बोल्ने संगठन भनेको नेविसंघ मात्रै हो । हामीले विगतमा गरेका कामको मुल्यांकन गर्दा पनि हुन्छ ।” अधिकारीले भने, “हामी विद्यार्थीका साझा हौं । हामीले समावेशी सिद्धान्तको आधारमा उम्मेदवार उठाएका छौँ । त्यसकारण पनि हाम्रो जित सुनिश्चित छ ।”

ताजा खबर

गुडिमुन्टे गाइजात्रा हुने

सरकार एक्लैले सबै गर्न सक्दैन : भाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *