घरमा रुख ढल्दा एक घाइते

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २ असार/
टीकापुर नगरपालिका वडा नम्बर ५ मनिकापुरमा बिहिवार बिहान आएको हावाका कारण घर माथी रुख ढल्दा १५ बर्षकि बालिका घाइते भएकी छ्न ।
बिहान ५ बजे आएको हावहुरीका कारण बिन्तुराम चौधरीको छोरी सध्या चौधरी गम्भीर घाइते भएपछि उनको उपचारको निम्ति कोहलपुर लगिएको टीकापुर नगरपालिका वडा नम्बर ५का वडा अध्यक्ष बलबिर थारुले जानकारी दिएका छन् टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु पनि घटना स्थलमा पुगेर नगरपालिकाको जेसिबीले ढेलको रुख हटाउने काम भएको छ साथै घाइतेको पुरा उपचार नगरपालिकाले बेहोर्न पनि बताए । सुकुम्बासी बस्ती रहेकोले घर कर्कटपाता सहितको कच्ची रहेको पनि अध्यक्ष थारुले बताए । उक्त घटनाको पछि वडा नम्बर ५ सुकुली पुर प्रहरी बिट बाट प्रहरीको टोलि पनि पुगेको थियो ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *