चारदिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु

शेयेर गर्नुहोस


टीकापुर १४ असोज /
सहकर्मी समाजको आयोजनामा टोल विकास संस्थाका पदाधिकारीहरुलाई चार दिने स्थानीय जवाफदेहिता अभियान्ताको लागि प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।
टीकापुर नगरपालिकाको समन्वय तथा द एशिया फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन भएको उक्त तालिममा वडा सञ्जालमा आबद्ध २४ जना युवाहरूको सहभागिता रहेको छ । तालिमको उद्घाटन कार्यक्रममा टीकापुर नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले टोल विकास संस्थाले समुदायमा उदाहरणीय काम गर्दै आएको बताउँदै त्यसको दिगो व्यवस्थापनका लागि सोच्न आवश्यक रहेको बताएकी छन् ।
तालिममा सहकर्मी समाजका कार्यक्रम संयोजक नवराज जोशीले टोल विकास संस्थामा आबद्ध युवाहरूलाई जवाफदेहिताको विषयमा प्रशिक्षित गर्दा त्यसले समाजप्रति नागरिकहरूलाई जवाफदेही बनाउन मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् । जोशीले तालिमबाट प्रशिक्षण लिएका केही सक्षम व्यक्तिले भोलीका दिनमा समाजमा अरुलाई प्रशिक्षित गर्ने काम गर्नसक्ने बताएका छन् ।
असोज १७ गतेसम्म सञ्चालन हुने उक्त तालिमले व्यक्तित्व विकाससँगै समाजप्रति जवाफदेही अभियान्ताको रुपमा गरिँदै आएको कामलाई अझै प्रभावकारी बनाएर टोल विकास संस्थालाई सक्षम बनाउन मद्दत मिल्ने सहभागीहरुले विश्वास व्यक्त गरेका छन् । तालिममा द एशिया फाउन्डेसनका यज्ञमान सेठ्ठी, सहकर्मी समाजका रामबहादुर अयर लगायत सामाजिक परिचालकहरुको समेत सहभागिता रहेको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *