जगननथ्याद्वारा दुईजना बिद्यार्थीलाई सम्मान

शेयेर गर्नुहोस


टीकापुर २८ असार /
जगननथ्या ग्रुपको प्रथम वार्षिक साधारण सभा कार्यक्रममा दुईजना बिद्यार्थीलाई सम्मान गरेको छ ।
ग्रुपमा अध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु समुदायबाट यसवर्षको एसईईमा उत्कृष्ट अंक ल्याउने दुईजना बिद्यार्थीलाई नगद सहित पुरस्कार सहित सम्मान गरिएको हो । जसमा आरएमई स्कुल टीकापुरबाट परिक्षा दिएकी छात्रा अनुका चौधरी र कर्णाली माद्यामिक बिधालय टीकापुरका छात्र अभिषेक चौधरीलाई जनही पाँच हजार पाँच सय रुपैयाँ नगद प्रमाणपत्र सहित सम्मान गरेको छ ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले स्थापना भएको एक वर्षमा राम्रो काम गर्दै आएको बताए । युवाहरू विकृती विसंगतिमा फस्दै गएको स्थितिमा युवाहरूको एकताले समाजलाई समेत सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गर्दै उनले ग्रुपमा अन्य युवाहरूलाई जोडेर उद्यममा जोड्न आग्रह गरे । नेतृत्व विकास, क्षमताको विकास युवाहरूमा हुन सक्यो भने संघसंस्थाहरुलाई बलियो बनाउँदै लैजान सकिने नगर प्रमुख थारुले बताएका छन् ।
टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा ग्रुपमा सल्लाहकार बलिराम चौधरीले संस्थाले आफ्नो लक्ष्य उद्देश्य अनुसार आगामी दिनमा पनि काम गर्दै जाने विश्वास गरेका छन् । त्यसैगरी वडा नं. २ का वडा अध्यक्ष तथा सल्लाहकार दिपक चौधरीले थारु समुदायका युवाहरूलाई एकताबद्ध गर्दै सामाजिक रुपान्तरणका लागि अगाडि बढ्ने अठोटका साथ ग्रुप स्थापना गरिएको बताएका छन् ।
ग्रुपले मासिक बचतको काम पनि गर्दै आएको छ । ग्रुपले मासिक प्रती सदस्य एक हजारका दरले बचत गर्दै आएको छ । वडा अध्यक्ष चौधरीले स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर अगाडि बढिरहेको बताएका छन् । केही उदाहरणीय काम गर्दै समाजमा आफ्नो प्रभुत्व स्थापित गर्दै अगाडि बढ्ने उनको भनाइ छ ।
ग्रुपका सल्लाहकार समिती सदस्य लिखराम चौधरी
देउताको नामबाट स्थापना गरिएको ग्रुपले सामुहिक एकताको प्रतिकको स्थापित गरिएको हो । सामाजिक क्षेत्रमा आवस्यकताको आधारमा सामाजिक काम गर्दै आएको छ । वार्षिक प्रतिवेदन कोषाध्यक्ष मदन चौधरीले प्रस्तुत गर्दै चालू आर्थिक वर्षको हालसम्म पाँच लाख ९८ हजार पाँच सय ९० रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।
सम्मानित हुने विद्यार्थी अनुका चौधरीले आगामी दिनमा लक्ष्यमा लगनशील र मिहेनत गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । त्यसैगरीअभिषेक चौधरीका अभिभावक चन्द्रबहादुर चौधरीले असल अभिभावकको भुमिका निर्वाह गर्दै उसको लक्ष्यमा सधै लाग्ने बताए । ग्रुपका सचीव सुरेन्द्र चौधरीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *