त्रिपथको १६ औं वार्षिकोत्सब सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर ०८ फागुन /
त्रिपथ विद्या निकेतन टीकापुरको १६ अाैं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालयका सञ्चालक समिति अध्यक्ष हिक्मत बिष्टको अध्यक्ष्ातामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका शिक्षा शाखा अधिकृत नरेश अवस्थीले बर्सेनि विद्यालयमा विद्यार्थीको संस्था बढ्दै गएको बताउँदै शैक्षिक गुणस्तर दिनसके विद्यालय विद्यार्थी संख्या अझै बढ्ने विश्वास व्यक्त गरे । उनले वर्तमान समयमा समुदायले खोज्ने शिक्षा भनेको गुणस्तर तथा प्राविधिक शिक्षा रहेको बताउँदै त्यसमा बिधालयले प्रतिस्पर्धा गर्न सके मात्रै विद्यालयको भविस्य सुनिश्चित रहेने बताए ।
टीकापुर नगरपालिका पछिल्लो समय शिक्षाको पहुचमा बालबालिकालाई ल्याउन कटिबद्ध भएर लागेको बताउँदै नगरपालिका भित्रका कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ काम गरिरहेको शिक्षा अधिकृत अवस्थीले जानकारी दिएका छन् । उनले टीकापुर नगरपालिका भित्र ८४ वटा विद्यालय रहेको जम्मा ३५ वटा सामुदायिक विद्यालय र ४९ वटा संस्थागत विद्यालय रहेको उल्लेख गर्दै अन्य कक्षाहरु भन्दा कक्षा ५ र कक्षा ८ लाई शिक्षक अभिभावकहरुले बढी महत्व दिनुपर्ने समेत बताएका छन् । सामुदायिक विद्यालयमा पढे पनि संस्थागत विद्यालयमा पढे पनि विद्यार्थीले पढ्नपर्छ भन्ने मान्यता नगरपालिकाको रहेको समेत बताएका छन् ।
बिधालयको वार्षिकोत्सब कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम लगायत शैक्षिकसत्र २०८१ को पुरस्कार सहित वितरण गरिएको थियो । कार्यक्रममा सिटीएफ ट्रेनिङ सेन्टरका अशोक सुवेदी, न्यु लाइट एजुकेसन होमका प्रधानाध्यापक जयकृष्ण तिमिल्सिना, बिद्यार्थी दिव्यान्सी विष्ट लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा गत वर्षको नतिजामा कक्षा ८ मा अध्यनरत विद्यार्थीहरुलाई ३ दशमलव ९ जिपिए ल्याउने विद्यार्थीलाई तीन हजार, त्यस्तै ३ दशमलव ६ जिपिए सम्म ल्याउनेलाई बिद्यार्थीलाई नगद दुई हजार र ३ दशमलव २ जिपिए ल्याउने बिद्यार्थीलाई नगद एक हजार सहित सम्मान गरिएको थियोे ।
वार्षिकोत्सब कार्यक्रमले अमृता चाैधरी, विनोद ओझा, राज कुमारी चाैधरी, प्रमिला सार्की र राधिका पाण्डेलाई असल अभिभावक रुममा सम्मान समेत गरेको छ । विद्यालयका शिक्षक हिरण्ये प्रसाद मुडभरी लगायत विद्यार्थीहरुले सञ्चालन गरेको कार्यक्रमको स्वागत कावेरी साउँद, जयन्ती बिष्ट, आयुषा महतो र निशा सार्कीले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *