दारी ग्याङको रक्तदान कार्यक्रम

शेयेर गर्नुहोस


टीकापुर २२ साउन /
दारी ग्याङ टीकापुर र टीकापुर पोलिटेक्निकल ईन्स्टिच्युटको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेको दारी ग्याङ टीकापुरका संयोजक विष्णु रोकायाले जानकारी दिएका छन् ।
उनले टीकापुर क्षेत्रमा रगतको अभाव भएको भन्ने जानकारी पाएपछि रक्तदान कार्यक्रम आयोजना गरिएको बताएका छन् । पछिल्लो समयमा सामाजिक क्षेत्रमा दारी ग्याङले सकारात्मक कामहरू गर्दै आएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *