दुईजनाले पाए ५० हजार नगद

शेयेर गर्नुहोस


टीकापुर १२ कार्तिक /
हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता उमा अटोमोवाइल्स टीकापुरबाट मोटरसाइकल खरिद गरेका दुईजनाले नगद ५० हजार पुरस्कार पाएका छन् ।
दशै तिहारको अवसरमा कम्पनीले ल्याएको स्किममा टीकापुरबाट मोटरसाइकल खरिद गरेका दुईजनाले नगद ५० हजार प्राप्त गरेका हुन । सुपरको मोटरसाइकल खरिद गर्ने टीकापुरका राजकुमार थारुले ५० हजार प्राप्त गरे भने बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ जनकनगर बस्ने भीमबहादुर चौधरीले पनि हिरोको मोटरसाइकल खरिद गर्दा ५० हजार प्राप्त गरेका हुन । ५० हजार पुरस्कार प्राप्त गर्ने दुबै जनालाई उमा अटोमोवाइल्सका सञ्चालक कृष्ण शाहीले हस्तान्तरण गरेकी थिइन ।
पुरस्कार रकम ग्रहण गर्दै राजकुमारले नसोचेको उपहार प्राप्त गरेको बताए । “दशै तिहारको समयमा स्किम हुन्छ भन्ने सुनेको थिए । त्यहीँ ८ हजारसम्म पर्छ भन्ने मनमा थियो । कुपन खोल्दा ५० हजार पर्यो ।” उनले भने, “मोटरसाइकल खरिद गर्दा ठुलो रकम बचत भयो ।”
हिरोको मोटरसाइकल खरिदमा ८ हजारदेखि पाँच लाखसम्मको पुरस्कार राखिएको छ भने बम्परमा कार जित्ने मौका रहेको कम्पनीका सेल्स म्यानेजर दिनेश केसीले जानकारी दिएका छन् । उनकाअनुसार टीकापुरमा यहीँ १४ गतेसम्म एक्सक्जेन्ज मेला सञ्चालन भैरहेको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *