शेयेर गर्नुहोस
टीकापु्र २४ असार /
गएको फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै बामपंथी एकतामा समाहित भएको नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ता नागरिक उन्मुक्ति पार्टी नेपालमा खुल्न थालेका छन् ।
पार्टीमा आन्तरिक विवाद बढ्दै गएपछि नागरिक उन्मुख पार्टीका संरक्षक रेशम चौधरीले कुबेर सोवलाई पार्टी अध्यक्ष बनाउँदै नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए । पार्टी गठनको बेला खुल्न नसकेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका नेता तथा कार्यकर्ता नेपालमा प्रवेश गर्न थालेका हुन । मंगलबार मात्रै भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी, उपप्रमुख राजु तिरुवा लगायतका जनप्रतिनिधिले नेपाली कम्युनिस्ट पार्टी त्यागेर नागरिक उन्मुक्ति पार्टी नेपालमा प्रदेश गरेको अध्यक्ष सोवले जानकारी दिएका छन् ।
केही दिन अगाडि मात्रै टीकापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष लालबीर चौधरी, वडा नं. ५ का वडा अध्यक्ष बलबीर चौधरी लगायतले पनि नेपाली कम्युनिस्ट पार्टी छोडेर उन्मुक्ति पार्टी नेपालमा प्रवेश गरेका थिए । उनीहरूलाई पार्टीका संरक्षक रेशम चौधरीले प्रवेश गराएको थियो ।तत्कालीन नगर प्रमुख रामलाल डगौरा थारुलाई प्रतिनिधि सभाको टिकटको बार्गेनिङ गरेर नेपाली कम्युनिस्ट पार्टीमा आएका लालबीरले नेकपामा आउने स्थानीय तहमा नगर प्रमुखको टिकटको बार्गेनिङ गर्दै आएका थिए । प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका रामलाल भने आधिकारिक रुपमा उन्मुक्तिमा गएका छैनन् ।
तत्कालीन नागरिक उन्मुक्ति पार्टीका अधिकांश नेपालमा समाहित भएको प्रदेश सभा सदस्य समेत रहेका घनश्याम चौधरीले बताएका छन् । उनका अनुसार आउने शनिबारसम्म नेकपाबाट मात्रै नभई अन्य दलबाट पनि पार्टी प्रवेश गर्नेको संख्या बढ्ने बताए । “हामी हिजो पनि नागरिक उन्मुक्ति पार्टी मै थियौं । आज पनि हाम्रो पार्टी नागरिक उन्मुक्ति पार्टी नेपाल नै हो ।” उनले भने, “कसैको व्यक्तिगत स्वार्थका लागि एउटा वर्गको अस्तित्व संकटमा परेको हामी हेर्न सक्दैनौं ।” उनले नागरिक उन्मुक्ति पार्टीको पुरानो लहर पुनः फर्किने दाबी गरेका छन् ।










