नेतृत्व जनताको आँखाको बन्नुपर्छ : भट्टराई

शेयेर गर्नुहोस


टीकापुर ३० मंसिर /
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भट्टराई (सर्वण) ले नेतृत्व जनताको आँखाको नानी बन्नुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रको टीकापुर नगरको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्ने क्रममा केन्द्रिय सदस्य भट्टराईले अबको नेतृत्व जनताको आँखाको बन्न सक्ने हुनुपर्ने बताएका हुन । “हिजोको जस्तो नेतृत्वले जनताको विश्वास तान्न सक्ने स्थिति छैन । बदलिँदो समयलाई मध्यनजर गर्दै जनताको मागअनुसार नेतृत्व पनि बदलिनु पर्छ ।” उनले भने, “जनताले खोजेको सुशासन, समृद्धि र अपेक्षालाई मुर्तरुप दिनसक्ने नेतृत्व मात्रै जनताको आँखाको नानी बन्न सक्छ ।” उनले गुटबन्दीले राजनीतिमा सफल हुन नसकिने बताउँदै सुशासन, समृद्धि र सामाजिक सद्भावको क्षेत्रमा अब्बल बन्न सके मात्रै नेतृत्व पत्याउन सकिने बताएका छन् ।
उनले सम्बोधनका क्रममा माओवादीले सुशासनकै कुरा उठाहँदा सत्ताबाट बाहिर हुनुपरेको बताउँदै राम्रोको पक्षमा हुँदा कुनै शक्ति विपक्षी हुँदा पनि जनताले साथ दिएको बताएका छन् । पछिल्लो समय जनताले माओवादी पार्टी बै देशको सुशासन र समृद्धिका लागि लागेको भन्ने बुझेको बताउँदै भट्टराईले त्यसको परिणाम उपनिर्वाचानमा देखिएको बताए ।
पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव) ले जनताले अपेक्षा गरेको सुशासनको मुद्दामा माओवादी कटिबद्ध रहेको बताएका छन् । उनले राजनीतिक रुपमा अधिकार प्राप्त भए पनि त्यस्को कार्यान्वयन अझै हुन नसकेको बताउँदै भने, “माओवादीले जनताका अधिकार स्थापित गर्ने काम गर्न सफल भए पनि कार्यान्वयनमा ल्याउन सकेको छैन । अबको गन्तव्य माओवादीको त्यहीँ कार्यान्वयन गराउने तर्फ हो ।” वडा र पालिकास्तरबाट पार्टी संगठन बलियो बनाउम सके मात्रै संगठन बलियो बन्ने उनले बताएका छन् ।
कैलाली क्षेत्र नं. १ का क्षेत्रीय संयोजक सुरेन्द्र देवकरले माओवादी पार्टी त्याग र बलिदानको इतिहास बोकेको पार्टी भएको बताएका छन् । उनले टीकापुरमा सुशासन र जनतालाई न्याय दिलाउन सक्ने नेतृत्व अधिवेशनले चयन गर्नुपर्ने बताएका छन् । क्षेत्र नं. प्रदेश (ख) का संयोजक फिरुलाल चौधरीले टीकापुर माओवादीको इतिहास बोकेको क्षेत्र भएको हताएका छन् । उनले भने, “टीकापुरले अहिलेको परिवर्तनका लागि त्यो बेला ४५ जनाले ज्यान गुमाएका छन् । अबको नेतृत्व ती सहिदको सपनालाई पूरा गर्न सक्नुपर्छ ।”
प्रदेश सचिवालय सदस्य नन्दराम विकले पीडा र गुनासोबाट माथी उठेर पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् । उनले नेतृत्व बिचार, सिद्धान्त र क्षमताका दृष्टिकोणले निर्माण गरिनु पर्ने बताएका छन् । कार्यक्रममा पार्टीका टीकापुर नगर इन्चार्ज दयाराम संज्यालले टीकापुरमा एक नम्बरमा माओवादीलाई ल्याउन लागिपरेको बताएका छन् । उनले जनताको आकर्षण बढ्दै गएको बताउँदै अझै जनताको माझमा जान नसकिएको बताएका छन् । पार्टीले रुपान्तरण सहित जनताको माझमा जान जरुरी रहेको उनको भनाई थियो ।
नेकपा एकीकृत समाजवादी पार्टीका टीकापुर नगर सचीव रामबहादुर विकले सच्चा कम्युनिस्ट एक ठाउँमा हुनुपर्ने बताएका छन् । माओवादीको १० वर्षे जनयुद्धकै कारण देशमा आमूल परिवर्तन भएको बताउँदै उनले आज पनि देश माओवादी कै एजेण्डामा चलिरहेको बताएका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का कैलाली जिल्ला अध्यक्ष वीरेन्द्र साउँदले विगतका गतिविधिको समिक्षा गर्दै नयाँ रणनीतिका साथ माओवादी एक ढिक्का हुनुपर्ने बताएका छन् । उनले टुटफुट्बाट कतै नपुगिने बताउँदै एकताले इतिहास कोर्न सकिने बताएका छन् ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका टीकापुर नगर इन्चार्ज राम सिले सुतेको माओवादीलाई उठाउने नेतृत्व ल्याउन शुभकामना व्यक्त गरेका छन् । उनले हराएका सपनालाई पुनर्जीवित गर्दै पुनः जनयुद्धको माओवादी जस्तै माओवादी भएर प्रस्तुत हुन सुझाव दिएका छन् । रामले बोल्न नसक्ने वर्गलाई बोल्ने बनाएको माओवादीको निष्क्रियताले त्यो वर्गको आवाज बन्द हुँदै गएको बताएका छन् ।
नगर अध्यक्ष खडक बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष कमला कोइरालाले गरेकी थिइन । कार्यक्रममा नवराज पौडेल, इश्वर सोडारी लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *