न्यायको ढोका कहिले खुल्छ सरकार ?

शेयेर गर्नुहोस


भजनी ३० फागुन /
भजनी नगरपालिका स्थित महुन्याल माद्यामिक बिधालय भजनीमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुले न्यायको ढोका कहिले खुल्छ सरकार भन्दै प्रश्न गरेका छन् ।
पछिल्लो समयमा बढ्दै गएका बलात्कारका घटनाका दोषीलाई कारबाही गर्ने विषयमा सरकार गम्भीर नभएको उल्लेख गर्दै न्यायको ढोका खोल्न सरकारसँग माग गरेका हुन । सुर्खेतमा बलात्कार पछि हत्या गरिएकी इनिशा विकको न्यायको माग गर्दै दोषीलाई हदैसम्मको कारबाहीको माग गरिएको छ । दोषीले कुनै पनि बाहानामा उन्मुक्ति पाउन नहुने बिद्यार्थीले माग गरेका छन् ।
शुक्रबार एक सामुहिक प्रेस बिज्ञाप्ति जारी गर्दै उनीहरूले पछिल्लो एक हप्तामा मात्रै तीनतीवटा बलात्कारका कारुणिक घटना घटेको उल्लेख गर्दै दोषीलाई कानुनअनुसारको कारबाहीको दायराला ल्याउन सरकारसँग माग गरेका छन् । उनीहरूले संविधानमा उल्लेख भएअनुसार महिला र पुरुषको समान व्यवहारको कार्यान्वयन यथाशीघ्र हुनुपर्नेमा समेत जोड दिएका छन् ।
“भदौ २३/२४ गतेको जेनजी आन्दोलनको राप सेलाउन नपाउँदै पुनः समाजमा बलात्कार, हत्याहिंसा लगायतका आपराधिक घटनाहरूले अर्को द्वन्द निम्त्याउने खतरा बढ्दै गएको छ । यस्ता जोखिमलाइ कम गर्दै समृद्ध नेपाल निर्माणका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौं ” बिज्ञाप्तिमा भनिएको छ । संविधानमा उल्लेख भएका कुराहरूलाई त्यसैमा सिमित नराखी त्यसको कार्यान्वयनमा सरकार गम्भीर भएर लाग्नुपर्ने विद्यार्थीको माग छ ।
जीवनमा देखेका सुन्दर सपनाहरूलाई बीच बाटोमा अलपत्र पार्दै अनाहकमा अरुको सिकार भएर महिलाहरूले कहिलेसम्म ज्यान फाल्नुपर्ने हो भन्दै प्रश्न गरेका विद्यार्थीहरुले अब बन्ने दुई तिहाईको सरकारले त्यस्ता गलत नियतलाई निरुत्साहित गर्दै जुनसुकै अवस्थाको दोषीलाई कानुनको कठघरामा उभ्याउने विश्वास व्यक्त गरेको बिज्ञाप्तिमा उल्लेख गरेका छन् ।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *