परियोजना को अनुगमन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


पदम राज जैशी, भजनी २९ मंसिर /
वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल तथा बिकाशका लागि युवा एक्यवद्धता (YARD) धनगढीको साझेदारिमा भजनि र टिकापुर नगरपालिकामा सञ्चालित समाबेशि तथा गुणस्तरीय शिक्षा र रिड्स नेपाल परियोजनको भजनिमा अनुगमन गरिएको छ ।
भजनि नगरपालिका नगर प्रमुख केवल चौधरीको नेतृत्वमा नगर उप प्रमुख राजु तिरुवा, शिक्षा साखा प्रमुख तथा निमित्त प्रसासकिय प्रमुख सूर्य बहादुर सिंह, शिक्षा अधिकृत पंख बहादुर शाह, वडा अध्यक्षहरु, यार्डका फिल्ड अफिसर पिताम्बर पौडेल र बिधालयका प्रधानाध्यापकहरु रहेका थिए। परियोजनाले समुदायमा पारेको प्रभाव, प्राप्त उपलब्धि तथा समस्या र चुनौतिहरुको एकिन गर्ने उदेश्यले अनुगमन गरियको फिल्ड अफिसर पिताम्बर पौडेलले जानकारि दिएका छन् । टोलिले परियोजनाबाट लाभान्वितहरुसँग ब्याक्तिगत तथा समुहगत छलफल गरेको थियो । यसै बिच परियोजनाको कार्यक्षेत्र भित्रका ८ वटा बिधालयका कक्षा १, २ र ३ का कक्षा शिक्षकहरुलाई शिक्षा शाखा प्रमुख सूर्य बहादुर शिहं , शिक्षा अधिकृत पंख बहादुर शाह र केदारेश्वर आधारभुत बिधालय प्रधानाध्यापकले प्रशिक्षण गरेका थिए । यार्डले बिगत १ बर्ष देखि समाबेशि तथा गुणस्तरीय शिक्षामा काम गर्दै आएको छ ।

ताजा खबर

अध्यक्षमा धर्मसिंह चयन

कृषिमा लगानी बढाउन नगार्जीको सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *