शेयेर गर्नुहोस
भजनी ०७ साउन /
भजनी प्राथमिक स्वास्थ्य केन्द्रले बन्द गरेको स्वास्थ्य बीमा सेवा सुचारु गरेको छ ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आउने रकममा कटौती गरेपछि रोकिएको स्वास्थ्य बीमा सेवा पुनः सुरु गरेको हो । जेठ २९ गतेबाट प्राथमिक स्वास्थ्य केन्द्रमा त्यसभन्दा पहिले दिँदै आएको प्रयोगशाला, फार्मेसी सेवाको स्वास्थ्य बीमा बन्द गएको थियो ।
स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि त्यस स्वास्थ्य केन्द्रबाट सेवा लिने सेवाग्राहीको संख्यामा निकै कमि आएको थियो । त्यहाँ स्वास्थ्य बीमा बन्द भएपछि स्थानीय स्वास्थ्य बीमाबाट सेवा लिने सेवाग्राही टीकापुर र धनगढी पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो ।
प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिको मंगलबार बसेको बैठकल बीमाका सबै कार्यक्रम सञ्चालन गरेको अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । ” स्वास्थ्य केन्द्रसँग आर्थिक स्रोतको जोहो नहुँदा बीमा कार्यक्रम बन्द गर्नु परेको थियो ।” उनले भने, “चालू आर्थिक वर्षमा कार्यरत कर्मचारीहरुको तलबभत्ता नगरपालिकाले प्रदान गर्ने भएपछि बन्द भएका कार्यक्रम सुरु गरेका हौं ।”










