विराट कोटीहोम आयोजना हुने

शेयेर गर्नुहोस


टीकापुर ०८ साउन /
ईश्वर प्रेमी चैतन्य सेवा आश्रयको आयोजनामा गोपाल अष्टोतर सत “१०८” कुण्डिय विराट महायज्ञ कोटीहोम आयोजना हुने भएको छ ।
मंसिर १२ गतेदेखि २२ गतेसम्म गोपाल अष्टोतर सत “१०८” कुण्डिय विराट महायज्ञ कोटीहोम आयोजना हुन लागेको हो । उक्त विराट महायज्ञ कोटीहोम नेपालमै पहिलो हुने ईश्वर प्रेमी चैतन्य जि महाराजले बताएका छन् । “अन्य कैयौं महायज्ञ, कोटीहोम भएका छन् । तर गोपाल अष्टोतर सत “१०८” कुण्डिय विराट महायज्ञ कोटीहोम नेपालमै पहिलो हो ।” उनले भने, “कोटीहोमले धर्म, अर्थ, कर्म, मोक्ष र मुक्तिको लागि आयोजना हुन लागेको हो ।”
सोही अवसरमा आश्रममा निर्माण भएको मन्दिरका राधाकृष्ण प्राण प्रतिष्ठा गरिने बताइएको छ । उक्त कोटीहोममा एक सय ८ कुण्डमा एकैपटक पाँच सय भन्दा बढी कर्ताले कर्म गर्न सक्नेछन् । कोटीहोमको कर्ता बन्न २५ हजार दान गर्नुपर्ने हुन्छ । जुन दान गरेको रकमले ब्राह्मणको दक्षिणा सहित सबै पुजामा लाग्ने सामाग्री सहितको भोजनको व्यवस्था समेत हुने चैतन्य जि महाराजले जानकारी दिएका छन् ।
उनले धर्मको संरक्षण र धार्मिक पर्यटनको बढावा कोटीहोमले दिने विश्वास व्यक्त गरे । “यो समग्र सुदुरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखेर आयोजना गर्न लागिएको हो ।” उनले भने, “त्यसका लागि सबैको समग्र क्षेत्रले विश्वासका साथ सहयोग र समन्वयको अपेक्षा पनि गरेका छौँ ।” उनले कोटीहोम कुनै आर्थिक संकलनका लागि नभई टीकापुरको पवित्र भुमीलाई धार्मिक तवरले चिनाउनको लागि आयोजना गर्न लागिएको बताए ।
कोटीहोम टीकापुरका लागि फलदायी बन्ने विश्वासका साथ आफ्नो क्षेत्रबाट हुने सहयोगका लागितयार रहेको पत्रकार तथा समाजसेवी भुवनेश्वर अधिकारीले जानकारी दिएका छन् । आश्रमका महासचिव पुष्पराज बमले पहिलो चरणको छलफल सुरु भएको बताउँदै सबै क्षेत्रका सरोकारवालाबाट सकारात्मक सुझावहरु आइरहेको बताए । उनले सबैको सहयोग र सद्भावले कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । आश्रमकै आयोजनामा यसभन्दा पहिले १०८ पितृ उद्धार महायज्ञ सफलतापुर्बक सम्पन्न भएको थियो ।

ताजा खबर

विराट कोटीहोम आयोजना हुने

बन्द भएको स्वास्थ्य बीमा सेवा सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *