बालबालिकाको सवालमा पत्रकारसँग अन्तरक्रिया

शेयेर गर्नुहोस


टीकापुर ०५ वैशाख/
बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत बालबालिकाको आवाजलाई सशक्त मुद्दाहरुको रुपमा उजागर गर्न सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वर्ल्ड भिजनको आर्थिक सहयोगमा विकासका लागि युवा एक्यवद्धता “यार्ड”ले आयोजना गरेको कार्यक्रममा बालबालिकाका आवाजलाई बुलन्द बनाउन र उनीहरूका मुद्दाहरुमा पैरवीका लागि पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । खासगरी टीकापुर नगरपालिका र भजनी नगरपालिकाको केही वडामा बालबालिकाको सवालमा काम गर्दै आएको यार्डले उनीहरूको क्षमता विकासमा सरोकारवालाको भुमिको विषयमा छलफल गरेको छ ।
यार्डका कार्यक्रम संयोजक पिताम्बर पौडेलले सन २०२६ देखि २०३० सम्मको रणनीतिक योजना तयार पारेर बालबालिकामा हुने हिंसा, शिक्षाको पहुँचमा बालबालिकालाई पुर्याउने आधार र आर्थिक अवस्थाको कारण कुपोषणमा परेका बालबालिलाई सहयोग गर्दै चरणबद्ध रुपमा काम सुरु भएको बताएका छन् । उनका अनुसार टीकापुर, भजनी घोडाघोडी, गौरिगंगा नगरपालिका र कैलारी गाउँपालिकाका २४ वटा वडामा परियोजनाले बाल अधिकारको क्षेत्रमा काम गर्दै आएको छ ।
छलफलमा त्रिभुवन माद्यामिक बिधालय बटनपुरका प्रधानाध्यापक रविन्द्र बहादुर कठायतले बालबालिकामा अध्ययन गर्ने बानी कम्जोर बन्दै गएको उल्लेख गर्दै गणित, बिज्ञान र अङ्ग्रेजीमा झन कमजोर देखिएको बताए । उनले ८ र ९ कक्षामा अध्ययन गर्ने बालबालिका सबैभन्दा बढी कुलतमा फस्ने गरेको उल्लेख गर्दै शैक्षिक क्षेत्र दिनप्रतिदिन कम्जोर बन्दै गएकोमा चिन्ता व्यक्त गरे । बालबालिकालाई सार्वजनिक बिदाको दिनमा पनि कुनै न कुनै कार्यमा अभ्यस्त बनाउन सक्यो भने गलत बाटो अपनाउने बालबालिकाको संख्यामा कमि ल्याउन सकिने विश्वास प्रधानाध्यापक कठायतले गरेका छन् ।
टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले बालबालिकाहरुमा पढाई गर्नुपर्छ बन्ने बानीको विकास गराउनुपर्ने उल्लेख गर्दै वडा तहबाट गर्न सकिने प्रयास आफुहरुले गरिरहेको बताएका छन् । वडा नं. ८ का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले अभिभावकमा आफ्नो लागि सबैभन्दा ठूलो सम्पत्ति आफ्ना बालबालिका हुन भन्ने सोचको विकास गर्नुपर्ने बताएका छन् । उनले ऐन कानुन राम्रा भएर त्यसको कार्यान्वयन गर्ने पाटो फितलो हुँदा समस्या देखिएको बताउँदै असल अभिभावकत्वको अभ्यास पनि समाजमा नरहेको बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *