आइएमईद्वारा अभिभावकसँग छलफल

शेयेर गर्नुहोस


टीकापुर ०५ वैशाख /
टीकापुर नगरपालिका वडा नं. ४ अस्नेहरी स्थित आइडिएल माइलस्टोन इङलिस बोर्डिङ स्कुलले शैक्षिकसत्र २०८२ को वार्षिक परिक्षाफल प्रकाशित गर्दै अभिभावकहरुबाट सुझाव संकलन गरेको छ ।
स्कुलका प्रीन्सिपल रमेशबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर प्याब्सनका अध्यक्ष मानबहादुर थापाले अभिभावकहरुको विश्वासले संस्थागत बिधालयले शैक्षिक गुणस्तरमा अब्बल भएको बताएका छन् । बिद्यार्थीको शैक्षिक गुणस्तरमा संस्थागत बिधालयले निकै मिहेनत गर्दै आएको बताउँदै त्यसैअनुसार अभिभावकले संस्थागत बिधालयलाई विश्वास गर्ने वातावरण बनेको उल्लेख गरे । अध्यक्ष थापाले अभिभावकको विश्वासलाई मर्न नदिई आगामी दिनमा पनि बिद्यार्थीको शिक्षालाई पहिलो प्राथमिकतामा राखेर संस्थागत बिधालय अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्कुलका प्रीन्सिपल शाहीले अभिभावकको विश्वास र भरोसाले आइएमई स्कुललाई शैक्षिक क्षेत्रको नयाँ अध्यायमा पुर्याउन सफल भैइएको बताएका छन् । उनले शिक्षकहरुको मिहेनत, बिद्यार्थीहरुको लगनशीलता र अभिभावकको विश्वासले स्कुललाई प्रेरणा मिलेको उल्लेख गरे । आगामी दिनमा स्कुललाई थप व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि बालमैत्री वातावरण निर्माण गर्न बिधालय प्रशासन लागि परेको बताएका छन् ।
अभिभावकको तर्फबाट आफ्नो धारणा राख्दै कल्पना शाहीले अभिभावकले स्कुलबाट आफ्नो बालबालिकाको पठनपाठन राम्रो भएको हेर्न चाहेको बताउँदै त्यो कुरामा अहिलेसम्म आइएमइ स्कुलले अभिभावकको मन जितेको बताएकी छन् ।

ताजा खबर

आइएमईद्वारा अभिभावकसँग छलफल

अवैध माछा बरामद गरी नष्ट

लालीबजारको ट्रेलर सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *