शेयेर गर्नुहोस
टीकापुर ०७ भदौ /
शिक्षा विधेयकको विरोधमा संस्थागत बिधालयका सञ्चालनहरुले गर्दै आएको चरणबद्ध आन्दोलनका क्रममा शुक्रबार बस र्याली निकाल्दै विरोध गरेका छन् ।
बिधालयका बिद्यार्थी बोक्ने बस तथा भ्यान ल्याएर संस्थागत बिधालयका सञ्चालक शिक्षा ऐनको विरोधमा सडकमा आएका हुन । टीकापुर बसपार्कदेखि जानकी गाउँपालिका दुर्गौली हुँदै टीकापुर भानु चोकमा आएर कोणसभा गरेका थिए । साउन २८ गतेबाट चरणबद्ध आन्दोलन गर्दै आएका संस्थागत बिधालयका सञ्चालकहरुले यहीँ ८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
नेपाल एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष तेजराज खनालले कुनै कुरा आफू अनुकुल नभएपछि विद्रोहका आवाज उठ्न थाल्ने बताउँदै संस्थागत बिधालय प्रती राज्यको व्यवहार जहिल्यै सौतेनी जस्तो हुने गरेको बताएका छन् । उनले सरकार आफैले गर्न नसकेको काम संस्थागत बिधालयलाई जबरजस्ती लाद्न खोजिरहेको बताए । “सरकारले नै अहिलेसम्म पुर्ण छात्रवृत्ति उपलब्ध गराउन सकेको छैन । संस्थागत बिधालयले कसरी गर्न सक्छन् ?” प्रश्न गर्दै उनले भने, “बिद्यार्थीलाई १५ प्रतिशत पुर्ण छात्रवृत्ति दिन सक्दैनौं । त्यो सम्भव छैन ।”
उनले संस्थागत बिधालयलाई कम्पनी ऐनमा दर्ता गर्न लगाएर अहिले गैर नाफामुलक भन्ने शब्द ऐनमा आएको छ त्यो स्वीकार गर्न सकिँदैन । एउटै कम्पनीमा दर्ता भएकालाई राज्यले गर्ने व्यवहार एउटै हुनुपर्ने उनको माग छ । त्यसैगरी प्याब्सन सुदुरपश्चिम प्रदेश उपाध्यक्ष डम्बर बहादुर सोडारीले देशको ३४ प्रतिशत शैक्षिक क्षेत्रमा संस्थागत बिधालयको योगदान रहेको बताएका छन् । उनले यसै देशका केही गर्नुपर्छ र शैक्षिक क्षेत्रमा योगदान पुर्याउनुपर्छ भन्दा राज्यबाट हतोत्साहित हुने काम हुँदै आएको बताएका छन् ।
“आज हामीले १० प्रतिशत छात्रवृत्ति दिएका बिद्यार्थीहरुले सरकारले उपलब्ध गराउने उच्च शिक्षामा छात्रवृत्ति पाउन सकेका छैनन् । सरकार आफैले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन नसकेको खण्डमा हामीलाई १५ प्रतिशत त्यो पनि पुर्ण भन्न सुहाउँदैन ।” उनले भने, “सक्नेजती हामीले गर्ने हो । आज १५ प्रतिशत पुर्ण भन्ने सरकार भोली तीनको विवाह, तीनबाट जन्मेका बालबालिकाको ग्यारेन्टी गर भन्ला, त्यो गर्न सकिन्छ त ? सकिँदैन नि ।”
प्याब्सन कैलाली जिल्ला अध्यक्ष जयकृष्ण तिमिल्सिनाले कम्पनी ऐनमा गएपछि कम्पनीको नियमानुसार चल्नुपर्ने भए पनि सरकारले निजि संस्थाले दिएको शैक्षिक गुणस्तर पाच्य नभएको आरोप लगाएका छन् । कतै कसैबाट गल्ती कम्जोरी भएको अवस्थामा संस्थागत बिधालय कारबाही भोग्न तयार रहेको भन्दै सरकारले मात्रै चाहेर सबै नहुने उनको भनाइ छ । “यसभन्दा पहिले पनि सक्ने कुरामा हाम्रो सधैं समर्थन रहेकै छ ।” उनले भने, “नसक्ने कुरामा हामी समर्थन गर्न सक्दैनौं ।
पुर्ण छात्रवृत्तिको विषयमा हाम्रो आपत्ति छ भने गैर नाफामुलक भन्ने वाक्यमा हाम्रो आपत्ति छ ।”
कम्पनीमा सञ्चालन हुँदै गर्दा
शिक्षा ऐन प्रती आफुहरुको कुनै पुर्वाग्रह नरहेको बताउँदै समाजको प्रबुद्ध व्यक्ति शिक्षक सडकमा आउनुपर्ने स्थिति हुनु राम्रो नभएको अध्यक्ष तिमिल्सिनाले बताए । प्याब्सन टीकापुरका अध्यक्ष मानबहादुर थापाको अध्यक्षतामा भएको कोणसभाको स्वागत देवेन्द्र बहादुर शाहाले गरेका थिए भने सञ्चालन शिवराम चौलागाईंले गरेका थिए ।










