शेयेर गर्नुहोस
टीकापुर १३ पुस/
जानकी गाउँपालिका वडा नं. ६ जगतपुर स्थिति बालज्योती माद्यामिक बिधालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
बिधालयको गत आर्थिक वर्ष २०८०/०८१ को आयव्यय सहितको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष वासुदेव देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष इन्द्र चौधरीले शैक्षिक क्षेत्रलाई सबल र बलियो बनाउनका लागी गाउँपालिकाले प्रयास गर्दै आएको बताएका छन् ।
सामुदायिक बिधालयको शैक्षिक गुणस्तर विकासका लागि गाउँपालिकसँग बिधालय प्रशासन पनि जिम्मेवार भएर लाग्नुपर्नेमा वडा अध्यक्ष चौधरीले जोड दिएका छन् । “बिधालयको शिक्षालाई बलियो बनाउन सक्यौं र अभिभावकको आकर्षण बढाउन सक्यौं भने त्यो नै ठूलो सफलता हुनेछ ।” उनले भने, “हामी हाम्रो क्षेत्रबाट लागेका छौँ । तपाईहरु आआफ्नो क्षेत्रबाट लाग्नुहोस । सबै लाग्यो भने शिक्षामा रुपान्तरण ल्याउन समय लाग्नेछैन ।”
सोही कार्यक्रमको अवसरमा समाजसेवी लक्ष्मीप्रसाद खनालले बिधालयमा आफ्ना मातापिताको सम्झनामा स्थापना गरेको श्री सरस्वती स्मृति अक्षयकोष मार्फत २०८० सालको एसइई परिक्षामा उत्कृष्ट जिपिए ल्याउने कुशल देवकोटा र करुणा सोडारीलाई जनही पाँच हजार ५५ रुपैयाँ नगद सहित सम्मानपत्र हस्तान्तरण गरिएको छ ।
त्यसैगरी स्वर्गीय धनबहादुर बुढा छात्रवृत्ति अक्षयकोष मार्फत एसइई परिक्षामा उत्कृष्ट अंक ल्याउने भावना भण्डारीलाई एक हजार दुई सय नगद सहित सम्मानपत्रले सम्मान गरिएको छ ।
बिधालयले गत आर्थिक वर्षको ९४ लाख चार हजार तीन सय २२ रुपैयाँ १५ पैसा बराबरको आयव्यय सार्वजनिक गरिएको छ । साथै प्रतिवेदनमा तीन लाख ६८ हजार ९ सय ८ रुपैयाँ तिर्नुपर्ने हिसाबमा राखिएको छ । बिधालयमा दुई सय ६८ जना बिद्यार्थी अध्ययनरत रहेका छन् । बिधालयका शिक्षक नेत्रप्रसाद शर्माले सञ्चालन गरेको कार्यक्रमको स्वागत प्रधानाध्यापक भोजराज चौधरीले गरेका थिए ।
सार्वजनिक सुनुवाइ तथा सामाजिक परिक्षण कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम सहित बिधालयले सञ्चालन गरेका परिक्षामा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।












