वडाले कौसी करेसावारी कार्यक्रम प्रवर्द्धन गर्ने

शेयेर गर्नुहोस


टीकापुर २८ असार /
टीकापुर नगरपालिका वडा नं. १ ले आउने आर्थिक वर्ष कौसी र करेसावारी खेती प्रवर्द्धन गर्ने भएको छ ।
नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन लुहार विकले टोल विकास संस्थाको क्षमता विकास र सीप विकासका लागि वडा कार्यालयले आउने वर्ष कौसी र करेसावारी खेती प्रवद्र्धन गर्ने कार्यक्रम गर्ने बताएका हुन । टीकापुरको दुर्गानगर स्थित उपहार टोल विकास संस्थाको दोस्रो सधारण सभामा बोल्दै वडाध्यक्ष विकले यस्तो बताएका हुन ।
टोल विकास संस्थाका वडा नं. १ मा चार वटा सञ्जाल गठन भएका छन् । प्रस्तावित वडा अन्तर्गत वडास्तरीय सञ्जाल समेत भएकाले टोल विकास संस्थामार्फत मागमा आधारित टोल विका संस्थालाई आयआर्जनसँग जोड्ने योजना रहेको वडाध्यक्ष विकले बताएका छन् । उनले टीकापुर नगरपालिकाले सुशासन, विकास निर्माण लगायतका क्षेत्रमा नागरिकको सहभागिता बढाउन टोल विकास संस्थाको अवधारणा ल्याएको हो ।
सहकर्मी समाजले टोल विकास संस्था दर्तामा सहजीकरणमा सघाउँदै आएको अब त्यसको समय सकिन थालेको छ । पालिकाले टोल विकास संस्थाको निरन्तरताका लागि नेतृत्व विकास, लेखा व्यवस्थापन आदिबारे तालिम दिएकाले नगरपालिकासँग संवाद गर्ने, संस्थालाई बलियो बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
सहकर्मी समाजका दिव्यश्वरी स्वाँरले टोल विकास संस्थालाई एकजुट बनाउने माध्यम बनाए पनि एकिकृत भएर विकासका कार्यमा अघि बढाउने, समुदायका समस्याबारे छलफल गर्ने, समस्या समाधानका लागि प्रयास गर्ने, समुदायको विकासमा आफै सक्रीय होउन भनी टोल विकास संस्था गठन र क्षमता विकासमा सघाइरहेको बताइन ।
टोल विकास संस्थाले मासिक रुपमा बचत गर्ने, ऋण लगानी गर्ने गरेका छन् । टोल विकास संस्थाले बचतको केही रकम समुदायको विकासमा खर्च गर्ने गरेका छन् । पालिकाले बनाएको कार्यविधिमा भने सकेको बचत गर्ने, सो रकम समुदायको विकासमा लगानी गर्ने वा समस्यामा परेकालाई सहयोग गर्न सक्ने व्यवस्था छ । तर वडा टोल विकास संस्था प्रस्तावित वडा नं. ११ सञ्जालका अध्यक्ष झलनाथ खनालले टोल विकास संस्थाले मासिक रूपमा उठाउँदै आएको रकम टोलको विकासका लागि भएको उल्लेख गर्दै त्यसरी संकलन भएको रकमलाई ऋणको रुपमा लगानी नगर्न आग्रह गरेका छन् ।
संस्थाका अध्यक्ष खडक सिँह विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष मानबहादुर रावलले गरेका थिए । कार्यक्रममा दुर्गा नगर टोल विकास संस्थाका अध्यक्ष टीकाराम रेग्मी, ब्यापारी मणिराम पौडेल, समाजसेवी उदयराम अधिकारी लगायतले बोलेका थिए । कार्यक्रम सचिव भद्रकला शाहीले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *