शेयेर गर्नुहोस
भजनी २४ वैशाख /
भजनी नगरपालिका वडा नं. १ का टंकप्रसाद जोशी र तारा पन्तले आफ्नो २०औँ वैवाहिक वर्षगाँठको अवसरमा पाण्डव फाउन्डेसनद्वारा ‘प्रेम चौतारी’ निर्माण गरेका छन् ।
माँ शक्ति स्वरूपा आश्रम भजनी नगरपालिका ५ लालबोझि परिसरस्थित स्वामीको बोटमुनि निर्माण हुन लागेको उक्त चौतारी समाजसेवाको भावना सहित निर्माण गर्न लागिएको बताइएको छ । करिब ५० हजार रुपैयाँको लागतमा निर्माण हुने ‘प्रेम चौतारी’ स्थानीय बासिन्दा तथा आश्रममा आउने श्रद्धालुहरूका लागि विश्रामस्थलका रूपमा उपयोगी हुने अपेक्षा जोशीले गरेका छन् ।
व्यक्तिगत खुशीको अवसरलाई समाजोपयोगी कार्यसँग जोड्ने उद्देश्यले चौतारी निर्माण गर्न लागिएको पाण्डव फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार यस प्रकारका सामाजिक तथा मानवसेवामूलक कार्यहरू आगामी दिनमा समेत निरन्तर रूपमा अगाडि बढाइने छन् । ‘प्रेम चौतारी’ निर्माण कार्य सम्पन्न भएपछि उक्त स्थान थप आकर्षक तथा उपयोगी बन्ने विश्वास जोशीले गरेका छन् ।










