शेयेर गर्नुहोस
भजनी १० असार (रासस):
भजनी नगरपालिकाको नगर शिक्षा समितिले लामो समयपछि पुर्णता पाएको छ ।
नगरपालिकाले नगर शिक्षा ऐन २०८१ दफा ९ को उपदफा १ बमोजिम नगर शिक्षा समिती हुने उल्लेख गरेको भए पनि सोमबार मात्रै समितिले पुर्णता पाएको हो । नगर प्रमुख लेवल चौधरी अध्यक्ष रहने गरी समिती बनेको छ ।
जसको सदस्यमा नगर उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपाने, महुन्याल माद्यामिक बिधालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।
त्यसैगरी वडा नं.५ का वडा अध्यक्ष केशब बुढा, वडा नं. ३ कि वडा सदस्य हैरानी देवि डगौरा, महेन्द्र माद्यामिक बिधालय पगियापसारका प्रधानाध्यापक कृष्ण बहादुर बुढा, सरस्वती आधारभूत बिधालयकी प्रधानाध्यापक सत्वन्ति चौधरी, मदरल्याण्ड इङलिस बोर्डिङ स्कुलका प्राचार्य खडक बहादुर बुढा, शिक्षा प्रेमी भीमबहादुर चौधरी, मनिसरा राजी र राम दयाल चौधरी सदस्यमा रहेका छन् ।










