सचीवको अभिव्यक्तिमा अध्यक्षको माफी

शेयेर गर्नुहोस


टीकापुर २३ असोज /
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले टीकापुर बसपार्कमा जडान गरेको खानेपानी धाराको महसुलका विषयमा संस्थाका सचीवको भनाई खण्डन गर्दै अध्यक्षले बिज्ञाप्ति जारी गरेका छन् ।
संस्थाका सचीव प्रकाश खड्काले मंगलबार टीकापुर नगरपालिका मार्फत जडान भएको टीकापुर बसपार्क भित्रको खानेपानी धाराको महसुल जडान भएदेखि नतिरेको भन्दै आफ्नो सामाजिक सञ्जाल मार्फत तिर्न बाँकी महसुल सहितको स्टिमेट सार्वजनिक गरेका थिए । जसमा ३१ हजार ९ सय ७९ रुपैयाँ पाँच पैसा खानेपानी महसुल तिर्न बाँकी छ । सचीव खड्काले बसपार्कको ठेक्का संस्थाका व्यवस्थापक (हाल निलम्बित) चन्द्र प्रकाश सोडारीको हो भनेर उल्लेख गरेका थिए ।
त्यसैलाई आधार बनाएर संस्थाका अध्यक्ष खडग धामीले बिज्ञाप्ति नै जारी गरेका छन् । सचीव खड्काले सार्वजनिक गरेको अभिव्यक्तिलाई लिएर अध्यक्ष धामीले क्षमा समेत मागेका छ । “यस टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले मिति २०८० वैसाखमा टीकापुर नगरपालिकाको नाममा दर्ता भई टीकापुर बसपार्कमा जडान भएको खानेपानी धाराको धारा जडान शुल्क तथा खानेपानी महसुल हालसम्म पनि भुक्तानी नगरेको कुरालाई संस्थागत प्रक्रियामार्फत असुली प्रक्रियामा गई टीकापुर नगरपालिका मार्फत भुक्तानी लिनुपर्नेमा गल्तीवश यस संस्थाका वर्तमान सचिव प्रकाश खड्का ज्यूले मिति २०८२/०६/२० गते सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको कुराले अन्यथा हुन गई व्यक्तिगत असर परेको प्रति संस्था क्षमाप्रार्थी छ । आगामी दिनहरुमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दछौ ।” बिज्ञाप्तिमा भनिएको छ ।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *