सामुदायिक सेवा केन्द्रको साधारण सभा

शेयेर गर्नुहोस


टीकापुर १३ पुस /
सामुदायिक सेवा केन्द्रको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका वडा नं. ४ अस्नेहरीमा रहेको सामुदायिक सेवा केन्द्रको वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको हो । केन्द्रका अध्यक्ष रामबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले समुदायमा हुने सानातिना घटनाको मिलापत्र लगायतका कार्यमा सामुदायिक सेवा केन्द्रले महत्त्वपूर्ण काम गर्दै आएको बताएका छन् ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्ला, वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
सोही कार्यक्रमको अवसर परेर केन्द्रले अस्नेहरी बजारमा निर्माण सम्पन्न भएको खानेपानी धाराको उद्घाटन गरेको छ । केन्द्रले विभिन्न दाताको सहयोग तथा टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले धारा जडानमा लाग्ने शुल्क छुट गरेर निर्माण भएको खानेपानी धाराले आवतजावत गर्ने नागरिकहरूलाई सर्वसुलभ रुपमा खानेपानी उपलब्ध गराउने उपाध्यक्ष केशर सिंह ठकुरीले जानकारी दिएका छन् ।
सामुदायिक सेवा केन्द्रका सचीव तिलक श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको स्वागत केन्द्रका उपाध्यक्ष केशर सिंह ठकुरीले गरेका थिए । कार्यकालको एक वर्षमा केन्द्रमा ४५ मुद्दा परेकोमा ३६ मुद्दा मिलापत्र गराउने काम भएको छ । एउटा मुद्दा अदालतसम्म पुगेको बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *