शेयेर गर्नुहोस
टीकापुर १२ पुस /
टीकापुर जेसीजको २८ औं शाखा अधिवेशन तथा वार्षिक साधारण सभाको शनिबार उद्घाटन भएको छ ।
टीकापुर जेसीज वर्ष २०२५ का अध्यक्ष भरत भण्डारीको अध्यक्षतामा भएको अधिवेशनमा टीकापुर जेसीजका पुर्व अध्यक्ष जगदिश्वर पण्डितले जेसीज उर्जाशिल हुनुपर्नेमा जोड दिएका छन् । “हामीमा परिवर्तन देखिएपछि मात्रै समाजले हामीप्रती चासो दिन्छ ।” उनले भने, “त्यो परिवर्तनको आधारलाई समाजमा लगाउन सक्नुपर्छ ।” अध्यक्ष पण्डितले युवाहरूलाई जेसीजमा जोड्नको लागि क्याम्पस लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
पुर्व अध्यक्ष तथा निर्वाचन अधिकृत राजकुमार हमालले जेसीजलाई ज्ञानको भण्डारको रुपमा विकास गरिनुपर्ने बताए । युवाहरूमा उत्साह भन्दै त्यो उत्साह हरेक कामको नतिजामा देखिनुपर्ने उनको भनाई छ ।
टीकापुर जेसीजका पुर्व अध्यक्ष तथा पुर्व राष्ट्रिय महासचिव टेकराज रेग्मीले नेतृत्व विकासमा जेसीज पहिलो संस्था भएको बताउँदै समाजमा परेको आवश्यकतालाई बुझेर जेसीजले अग्रणी भुमिकामा रहेर काम गरिरहेको बताएका छन् । जेसीजको मर्यादा समाजमा उच्चो रहेको उनले बताएका छन् । जेसीज प्रती युवाहरुको आकर्षण बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।
जेसीजका वर्ष २०२५ का अध्यक्ष भण्डारीले आफ्नो एक वर्षे कार्यकाल महत्त्वपूर्ण रहेको बताउँदै त्यसमा सफलता हासिल गरेको दाबी गरेका छन् । उनले जेसीज प्रती युवाहरूको आकर्षण टीकापुरमा मात्रै नभई अन्य शाखामा पनि त्यस्तै रहेको बताएका छन् । आगामी दिनमा युवाहरूलाई आकर्षण गर्दै बढी भन्दा बढीलाई जोड्नु पर्नेमा जोड दिए ।
कार्यकारिणी उपाध्यक्ष पदम बहादुर शाहीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव भानुभक्त जैशीले गरेका थिए ।










