स्वार्थ रहित मिसन सन्त निरंकारी : डा. रावल

शेयेर गर्नुहोस


टीकापुर २७ असोज /
सुदुरपश्चिम प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले सन्त निरंकारी मिशन एउटा स्वार्थ रहित संस्था भएको बताएका छन् ।
टीकापुरस्थित सन्त निरंकारी आदर्श विद्या मन्दिर टीकापुरको नव निर्माण दुई कोठे भवनको उद्घाटन गर्ने क्रममा पूर्व मन्त्रीले उक्त कुरा बताएका हुन । उनले आजभन्दा ९४ वर्ष अघि सन्त निरंकारी मिशनको स्थापना भएको स्मरण गर्दै विश्वमा एक मात्र यस्तो संस्था जुन स्वार्थमा नरही काम गर्दै आएको बताएका छन् । “यो विशुद्ध मुनाफा रहित संस्था हो । जसको कारण आज सन्त निरंकारी मिशन पूरा विश्वमा फैलिएको छ ।” उनले भने, “सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल गत महिना अमेरिकामा भएको विशाल निरंकारी सन्त समागम समारोहमा उपस्थित भएकोमा आफू नै दंङ्ग छु ।” विश्वको शक्तिशाली राष्ट्र अमेरिकामा पनि मिशनका यति धेरै अनुयायीहरु रहेको बताउँदै मिशन संसारमा फैलिनु मुख्य कारण भनेको नै यसमा कुनै भेदभाव छैन, सबैलाई समान दृष्टिकोणले हेरिन्छ, सबैलाई आफ्नै परिवारका सदस्य मानेर व्यवहार गर्ने भएको बताए ।
उनले सन्त निरंकारी आदर्श विद्या मन्दिरमा सबैभन्दा कम आय र सबै जातजातिका बालबालिकाहरु अध्ययन गरिहेको बताए । “यहाँ कुनै सानो–ठुलो, जातभातको भेदभाव छैन । सबै बालबालिकाहरुको हितलाई ध्यानमा राखेर काम गर्ने गरिन्छ ।” उनले भने, “सन्त निरंकारी आदर्श विद्या मन्दिरले सबै समुदायका बालबालिकाहरुको प्रतिनिधित्व गर्ने भएकोले नाम जस्तै काम पनि गर्न सफल भएकोले टीकापुरमा एउटा उत्कृष्ट विद्यालय बन्न सफल भएको छ ।”
आफू जहिले पनि पदको लागि काम नगरेर जहिलेपनि आफ्नो टीकापुर, मातृभूमिकाको विकास गर्नु पर्छ भन्ने सोच राखेर काम गर्दै आएको बताउँदै आफ्नो कार्यकालमा टीकापुर क्षेत्रका विभिन्न विद्यालय, क्याम्पसमा करोडौ सहयोग गरेको जानकारी गराए । उनले केही वर्ष प्रतिपक्षको भूमिकामा रहेर पनि प्रत्येक वर्ष पाँच÷पाँच लाख रुपैयाँगरि चार वर्षसम्म २० लाख रुपैयाँ, त्यस्तै कहिले ८ लाख, कहिले १२ लाख, कहिले १९ लाख गरेर जम्मा ५९ लाख रुपैयाँ सन्त निरंकारी आदर्श विद्या मन्दिरलाई विद्यालय भवन बनाउन सरकारी कोषबाट निकासा गर्न सकेकोमा खुशी व्यक्त गरेका छन् ।

ताजा खबर

शुक्रबारदेखी भर्ना अभियान सुरु

एक वर्ष अगाडि सकिँदै पुलको काम

Leave a Reply

Your email address will not be published. Required fields are marked *