अगुवा कृषि तालिम सम्पन्न

शेयेर गर्नुहोस

    
टीकापुर ४ साउन /
स्थानीय कृषि श्राेत व्यक्तिहरूका लागि तीनदिने प्राविधिक तालिम सम्पन्न भएको छ ।
सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) को आयोजना, मोफा जापान र वल्ड भिजन जापानको आर्थिक सहयोग र वल्ड भिजन इन्टरनेसनल नेपालको प्राविधिक सहयोगमा भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै तालिमका प्रशिक्षक तथा वल्ड भिजन इन्टरनेसनल नेपालका परियोजना प्राविधिक विशेषज्ञ कृष्ण तिवारीले कृषकहरूले कुनै पनि बालीको तयारी गर्नु अघि जलवायु सम्बन्धि जानकारी राखेर जलवायु मैत्री कृषि बाली परिक्षण गर्न जरुरी रहेको बताएका छन् । उनले तालिममा बाली सम्बन्धि कृषि बाली बिमा, पशु बिमा लगायत अन्य बिमाका बारेमा जनकारी गराउँदै कृषकहरुले त्यसको भरपुर फाइदा लिन समेत आग्रह गरे ।
     कैलालीका तीनवटा स्थानीय तहबाट २८ जना समुहका कृषक अगुवाहरु सहभागी भएको तालिममा सहभागीहरुको तर्फबाट रिता चाैधरीले परियोजना कृषकसँगै सधै रहेर काम गर्न नसक्ने बताउँदै परियोजनाबाट पाएको ज्ञान र सिपको सहि सदुपयोग गर्न सके लाभ लिन सकिने बताएकी छन् । टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख मोती सिंह विक र जानकी गाउँपालिकाकि कृषि प्राविधिक ममता राना लगायतले प्रशिक्षण गरेको कार्यक्रममा सहभागी बलराम चाैधरी लगायतले बोलेका थिए ।
संस्थाले टीकापुर नगरपालिका, जानकी गाउँपालिका, र भजनी नगरपालिका १०/१० वटा कृषक समुह गठन गरेको कार्यक्रमका सञ्चालक तथा सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) टीकापुरका समाज परिचालक विन्तीराम चाैधरीले जानकारी दिएका थिए भने कार्यक्रमको समापन प्रकोप जोखिम अफिसर पुजा भुसालले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *