अध्यक्षबाट रञ्जितालाई हटाउने प्रस्ताव पारित

शेयेर गर्नुहोस


टीकापुर १४ साउन /
नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित भएको छ ।
बुधबार काठमाडौंमा बसेको राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको हो । त्यतिमात्र नभई उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने निर्णय भएको छ ।
अध्यक्ष कसलाई बनाउने भन्नेबारे अहिले छलफल चलिरहेको बताइएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उनलाई केन्द्रिय समितिको बैठक आव्हानका लागि आग्रह गर्दा त्यसको बेवास्ता भएपछि संसदीय दलले केन्द्रिय समितिको बैठक बोलाएको थियो । त्यो बैठकको बहुमत सदस्यले अध्यक्ष श्रेष्ठलाई बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएपछि उनले बैठक नबोलाएर शिव बास्तोलाई कार्यबाहक अध्यक्ष जिम्मेवारी दिएकी थिइन ।
सो विषयमा पनि अध्यक्ष श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी पार्टीले निर्वाचन आयोगलाई पनि दिइसकेको छ । रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो ।
यसै पार्टीका संरक्षक रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठको निर्णयले पार्टीको भविष्य माथी प्रश्न उठाएको बताएका छन् । पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पुगेका उनले अध्यक्ष श्रेष्ठले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको भन्दै उक्त निर्णय पार्टीको विधि विपरीत भएको बताएका छन् । पार्टी भेलास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै चौधरीले अध्यक्ष श्रेष्ठको कार्यशैली व्यक्तिगत रूपमा यो अत्यन्तै मन नपरेको बताए । अध्यक्षले एकलौटी गरेको निर्णयले धेरै व्यक्तिहरूको चित्त पनि दुखेको बताउँदै त्यसलाई पार्टीको विधानविपरीत भएको चौधरीले बताए ।
उनले कुनै पनि व्यक्तिलाई जिम्मेवारी दिनुअघि केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउनुपर्ने प्रक्रिया अध्यक्ष श्रेष्ठले मिचिएको आरोप लगाएका छन् । जेलभित्रबाट आफूले जन्माएको पार्टीको मर्म, भावना र पीडाले अझै गन्तव्य नपाएको भन्दै सामान्य तवरले पार्टीको जन्म नभएको बताए । उनले राजनीतिमा प्रजातान्त्रिक पद्धति भए पनि केही निश्चित मुद्दामा नीति र विधिलाई ध्यान दिनुपर्ने भन्दै मेरो बच्चा राम्रो छ भन्दैमा उच्छृङ्खल हुन नपाइने व्याख्या गरे ।
उनले जनताले स्वीकारे मात्र राजनीति गर्ने र अस्वीकार गरे सहजै हस्तान्तरण गर्न आफू तयार रहेको बताउँदै पार्टीभित्र देखिएको विवाद र नेतृत्वको प्रश्नबारे राष्ट्रिय भेलाले गम्भीर छलफल गरेर निकास दिनुपर्नेमा जोड दिएका छन् । उसो त

Leave a Reply

Your email address will not be published. Required fields are marked *