शेयेर गर्नुहोस
समाधान समाचार , भजनी २७ फागुन/
सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तरगत तीन दिने अनलाइन घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणाली सम्बन्धि तालिम भजनीमा सम्पन्न भएको छ ।
भजनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाको नगर उप प्रमुख छाया देबकोटाले बदलिँदो परिवर्तनसंगै सबै कुरा अनलाइन प्रणाली मार्फत हुँदै गएको बताउदै तालिम प्रभाकारी भएको बताएकी छन ।
समापन कार्यक्रममा सहभागीको तर्फबाट भजनी नगरपालिका वडा नं. १ का वडा सचीव जनक प्रसाद भण्डारी वडा नं.४ कि सामाजिक परिचालिका माया चौधरी लगाएयले तालिमको प्रभावकारिताको बारेमा जानकारी गराएका थिए। तालिमको सहजीकरण खेमराज पनाडीले गरेका थिए ।