अनुसन्धान तथा शैक्षिक लेखन तालिम सम्पन्न

शेयेर गर्नुहोस


भजनी २४ वैशाख /
भजनी बहुमुखी क्याम्पस भजनीमा प्राध्यापक तथा शिक्षकहरुकोको अनुसन्धान सम्बन्धि क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको दुईदिने अनुसन्धान तथा शैक्षिक लेखन तालिम सम्पन्न भएको छ ।
तालिममा विभिन्न क्याम्पस तथा बिधालयका ४० जनाको सहभागिता रहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद जोशीले जानकारी दिएका छन् । तालिममा सुदुरपश्चिम विश्वविद्यालयका पुर्व रजिस्ट्रार प्राध्यापक डा हेमराज पन्त प्रमुख अतिथि रहेका थिए । भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी विशिष्ट अतिथि रहेका थिए । प्राध्यापक डा पन्त, प्राध्यापक डा दिपक जोशी, प्राध्यापक डा राजेन्द्र चन्द तथा मोहन सिंह साउँदले
तालिमको सहजीकरण गरेको क्याम्पसका सहायक क्याम्पस प्रमुख खगेन्द्र राज पन्तले जानकारी दिएका छन् ।
तालिमको समापन कार्यक्रममा घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराई, चैतन्य पाठशाला धनगढीका कार्यकारी गणेश प्रसाद जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *