अन्तरक्रिया कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


लक्ष्मण विक, टीकापुर ०४ असोज /
नारी परियोजना र आर्थिक पुर्नस्थापनाद्वारा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम टीकापुरमा सम्पन्न भएको छ ।
बाल कल्याण संघ टीकापुर र दिगो विकास समाज भजनीको आर्थिक सहयोग तथा वल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । बाल कल्याण संघ टीकापुरका अध्यक्ष धनबहादुर बि.क. अध्यक्ष्ातामा भएको कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले परियोजनाले गरेका समग्रमा सबै राम्रो रहेको बताउँदै संस्थाले आगामी दिनमा कुनै पनि कार्यक्रम गर्दा स्थानीय सरकारसँग समन्वय गर्न जरुरी रहेको बताएका छन् । उनले स्थानीय पालिकाहरुले गर्नुपर्ने कैयौं कामहरु यस्ता गैरसरकारी संस्थाहरुले गर्दै आएको हुनाले पालिकाहरुलाई सहज भएको बताउँदै स आगामी दिनमा संघसंस्थाहरुलाई आवश्यक सहयोगका लागि नगरपालिका सधै तयार रहेको समेत बताएका छन् ।
कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाकी नगर उप-प्रमुख केशरी बिष्टले बालबालिका भविष्यका कर्णधार भएकोले बालबालिकाकै भविष्यका लागि गैरसरकारी संघ संस्थाहरुमध्ये बाल कल्याण संघले बालबालिकाका लागि शिक्षाको क्षेत्रमा राम्रो काम गर्दै आएको बताएकी छन् । त्यस्तै कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्लाले विगत केही वर्षदेखि विशेष गरि नारायणपुर र धनसिंहपुर क्षेत्रमा गैरसरकारी संघसंस्थाले गरेका कामहरु प्रभावकारी भएको बताउँदै आगामी दिनमा स्थानीय सरकारले यसलाई निरन्तरता दिने बताएका छन् । उनले विदेशी सहयोगी दाताले गर्दा नगरपालिकाले गर्नु पर्ने धेरै काम संघसंस्थाहरुले गर्दै आइरहेको समेत बताएका छन् ।
कार्यक्रममा सुगम रेग्मी, आशिष् उपाध्या र शाबित्रा चाैधरी लगायतले कार्यक्रमको परियोजना बारे जानकारी दिएका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन नेत्र विश्वकर्माले गरेका थिए भने स्वागत मिठ्ठु हुड्केले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *