शेयेर गर्नुहोस
टीकापुर १३ माघ /
सुदूरपश्चिमेली नेपाली समाज इजरायलद्वारा दार्चुलामा रहेको महेन्द्र माद्यामिक बिधालय खलंगाका अनाथ तथा असहाय विद्यार्थीहरुलाई सामाग्री हस्तान्तरण गरिएको छ ।
बिधालयको छात्रावासमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।
सहयोग कार्यक्रममा छात्रावासमा बसोबास गर्दै अध्ययनरत विद्यार्थीहरूलाई जाडो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडा सहित विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । साथै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै उच्च जिपिर ल्याउने दुई जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप छात्रवृत्ति समेत प्रदान गरिएको छ ।
उक्त कार्यक्रम सुदूरपश्चिमेली नेपाली समाज इजरायलका दार्चुला जिल्ला संयोजक मंगल सिंह धामीको पहलमा भएको हो भने विद्यालयसँग समन्वय नेपाल संयोजक अनिता शाहले गरेकी थिइन् । सुदूरपश्चिमेली नेपाली समाज इजरायलका अध्यक्ष कृष्ण बहादुर चौधरीले समाजले आगामी दिनमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा यस्ता किसिमका सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय स्तरमा गरिएका यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल बढ्नुका साथै शिक्षामा निरन्तरता दिन थप प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरेका छन् ।











