शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर ०९ पुस /
टीकापुर अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष दिपक रावललाई सम्मान गरिएको छ ।
अस्पताल व्यवस्थापन समितिको दुई वर्षको आफ्नो कार्यकाल सफलतापुर्बक सम्पन्न गर्न र कोरोना संक्रमणको समयमा टीकापुर अस्पताललाई आर्थिक, भौतिक र जिम्सी सामानको सहयोग र जुटाउने क्रमलाई अगाडि बढाउँदै निरन्तर सेवामा आफुलाई समर्पित भएको भन्दै सुदुरपश्चिमाञ्चल महिला जागरण मञ्च नेपाल धनगढीले सम्मान गरेको हो । अध्यक्ष रावलको कार्यको उच्च मुल्यांकन गर्दै सम्मानपत्र दिइएको बताइएको छ ।
सम्मानपत्र ग्रहण गर्दै अध्यक्ष रावलले यो सम्मानले समाजप्रति अझै थप जिम्मेवारी बढेको बताउँदै टीकापुर अस्पतालका लागि आगामी दिनहरुमा पनि आफ्नो तर्फबाट हुन सक्ने सहयोग र सहकार्यकालागी निरन्तर लागिपर्ने बताएका छन् ।