अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना

शेयेर गर्नुहोस


समाधान समाचार,
कैलाली ०५ भाद्र/
एउटै अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। अछामको बयालपाटा अस्पतालका १९ जनालाई कोरोना भाईरसको संक्रमण देखिएको हो।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी कर्मचारीलाई संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए।बयालपाटा अस्पतालको विभिन्न बिभागमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ। ५ जना भने अस्पतालको प्रयोगशालामा कार्यरत छन्।
यसअघि अस्पतालका दुई जनामा संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक बाहेका सेवा बन्द गरिएको थियो।

ताजा खबर

सुर्यनगरको अध्यक्षमा नाथ

फुटबल प्रतियोगिता सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *