शेयेर गर्नुहोस
टीकापुर २७ चैत /
सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसको जनसम्पर्क केन्द्रको आयोजनामा एक दिने आँखा शिविर सम्पन्न भएको छ ।
श्रीकृष्ण आँखा अस्पताल टीकापुरको प्राविधिक सहयोगमा आयोजना गरिएको नि:शुल्क आँखा शिविर टीकापुर स्थिति खड्ग स्मृति माद्यामिक बिधालयमा अध्ययनरत कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको थियो । विश्वविद्यालय अनुदान आयोगको सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायसँग सम्बन्ध सुधार गर्न कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
क्याम्पसका जनसम्पर्क मञ्चका संयोजक नाथुराम चौधरीको अध्यक्षतामा भएको उक्त शिविरको उद्घाटन कार्यक्रममा बोल्दै खड्ग स्मृति माद्यामिक बिधालयका प्रधानाध्यापक केशरबहादुर रावलले क्याम्पसले बिधालयमा आयोजना गर्ने कार्यक्रमहरुले क्याम्पस र बिधालय बीचको सम्बन्ध अझै राम्रो हुने विश्वास व्यक्त गरेका छन् । उनले क्याम्पसका यस्ता गतिविधिले बिधालयसँग मात्रै नभई भोलि उच्च शिक्षा अध्ययन गर्ने बिद्यार्थीहरुसँग पनि सम्बन्ध स्थापित हुने बताए । प्रधानाध्यापक रावलले आगामी दिनमा क्याम्पसका प्राध्यापकहरुलाई बिधालयमा बिद्यार्थीहरुलाई लक्षित गर्दै परामर्शका कार्यक्रम सञ्चालनका लागि आग्रह पनि गरेका छन् ।
जनसम्पर्क मञ्चका संयोजक चौधरीले क्याम्पस र समुदाय बीचको सम्बन्धलाई मजबुत बनाउनका लागि पनि समुदायसँग जोडिएर क्याम्पसले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् । उनले क्याम्पसले समुदायमा अभिभावकहरुसँगको समन्वय र सहकार्यमा काम गर्दै गएको बताउँदै आगामी दिनमा कार्यक्रमहरुलाई निरन्तरता दिने बताए । अध्यकार्यक्रमको सञ्चालन नवराज पाण्डेले गरेका थिए ।
शिविरबाट एक सय ४४ जना भन्दा बढी बिद्यार्थीहरुले सेवा लिएका छन् । त्यसमध्ये ३८ जनाको आँखामा समस्या देखिएको छ । केहीमा आँखा पाक्ने, आँखा सुख्खा भएको केहीमा दृष्टि कम्जोर भएको समस्या देखिएको क्याम्पसका उप प्राध्यापक शंकरप्रसाद शर्माले बताएका छन् । उनका अनुसार शिविरबाट सिफारिस भएका बिद्यार्थीहरुको श्रीकृष्ण आँखा अस्पतालमा नि:शुल्क आँखा उपचार गरिने छ । चस्माको हकमा भने ३० प्रतिशत छुट हुने उपप्राध्यापक शर्माले जानकारी दिएका छन् ।