आख्यानकार थापाको ७२ बर्षको उमेरमा निधन

शेयेर गर्नुहोस


समाधान समाचार ,
टीकापुर १९ कार्तिक
/ आख्यानकार गगन सिह थापाको ७२ बर्षको उमेरमा निधन भएको छ । उहाँको काठमाडौ निधन भएको उहाँका ज्वाई कर्ण कुँवर जानकारी दिनुभयो । बि.सं. २००५ भाद्रमा अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा न ६ दर्ना पाटेखेतमा जन्मनु भएका आख्यानकार थापाका सोह्र सौगात ( २०३५ ) , कर्णालीको छेउछाउ ( २०७०) , पू्र्खाको चिट्ठी ( २०७२), मेरो मधुशाला ( २०७४) , उज्ज्वली ( २०७६) र महाप्रलय ( २०७७ ) गरि छ कृतिहरु प्रकाशित छन भने मरुभूमि कि महारानी र अस्ताञ्चलको ढोका बाट थप दुई कृतिहरु प्रकाशनको क्रममा छन ।
कर्णाली र सुदुर पश्चिम क्षेत्रको भाषा , सभ्यता र संस्कृति माथी मुलत कलम चलाउनु हुने कैलाली टिकापुरका थापा मोबरा साहित्यिक पुरस्कार ( २०७३) र सुदुर पश्चिम साहित्य पुरस्कार ( २०७६ ) बाट समेत सम्मानित हुनुहुन्थ्यो ।२०३६ देखि नेपाली काङ्ग्रेसको राजनितीमा सलग्न उहाँ २०४२ मा प्रजातान्त्रिक आन्दोलनमा क्रियाशिल हुदा ६ महिना जेल पर्नुभएको थियो । २०३७ को जनमत सङ्ग्रह , २०४६ र २०६१/६२ को लोकतान्त्रिक आन्दोलनमा सक्रिय नेतृत्व रहनुभएका उहाँ २०४९ देखि १० बर्ष दुई कार्यकाल जिल्ला बिकास समिती कैलालीको निर्वाचित सदस्य हुनुहुन्थ्यो ।कैलालीको छतिवन सामुदायिक बन को अध्यक्ष, सामुदायिक वन अभियानको प्रबर्द्दक रूपमा चिनेने उहाँ कैलाली जिल्ला सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष ,कैलाली जिल्ला विकास समिति, वन वातावरण समिति को अध्यक्ष , कटाक्ष बजार व्यवस्थापन समितिको अध्यक्ष रहनुभएको थियो । ” सैना ” साहित्यिक पत्रीका , टिकापुरको संस्थापक अध्यक्ष रहनुभएका आख्यानकार थापा हाल टिकापुरको नुतन कुञ्जमा बस्दै आउनु भएको थियो ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *