आठ महिना पछि टीकापुर पार्क खुल्यो

शेयेर गर्नुहोस


झलनाथ खनाल
टीकापुर २० मंसिर /
कोरोना भाइरसको संक्रमणका कारण आठ महिना देखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको टीकापुर पार्क खुल्ला गरिएको छ ।
आन्तरिक पर्यटकहरुका लागि महत्त्वपूर्ण मानिने टीकापुर पार्कमा बार्षिक दुई लाख भन्दा बढी पर्यटकहरूले पार्कको अवलोकन गर्दै आएको तथ्यांक नगरपालिकासंग छ। लामो समयदेखी टीकापुर पार्क खुल्ला गर्नुपर्ने जनआवाज उठ्दै आएको भएपनी नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पार्क खुल्ला गरिएको बताइएको छ।नयाँ बर्ष र दशैतिहारको समयमा पार्क अबलोकनमा आउनेहरुको घुईचो लाग्ने गरेको भएपनी यो बर्ष सो अबधिमा पार्क सुनसान रह्यो। नगरपालिकाको वार्षिक ५० लाख आम्दानी हुने पार्क गत बर्ष २० लाख पनि आम्दानी हुन सकेन। झनै यस बर्ष त त्यति पनि आम्दानी हुने अबस्थामा नदेखिएको पार्कामा कार्यरत बिनोद चौधरी बताउनुहुन्छ। नयाँ बर्ष र दशै तिहारको समयमा मात्रै पार्कले २० लाख भन्दा बढी आम्दानी गर्ने गरेको छ।
अन्य बर्ष जस्तै पार्कमा आउने पर्यटकहरुलाई यस बर्ष पार्क बन्द रहेको जानकारी नभएका पर्यटकहरु पार्क पुग्दै फर्कदै गरे। बन्दाबन्दी खुले संगै टीकापुर पार्कमा पर्यटकहरुको आगमन सुरु भएपनी पार्कको मुल ढोका बन्द हुदा त्यहिबाट पर्यटकहरु फर्कने गरेका थिए। दाङ ,सुर्खेत, नेपालगन्ज, बर्दीया, कंचनपुर लगाएतका क्षेत्रबाट अवलोकनका लागि आएका पर्यटक पार्क अवलोकन नगरी फर्किएको चौधरीले बताउनुभएको छ। उहाँका अनुसार दैनिक एक हजार सम्म पर्यटकहरु बन्दको बेला पनि पार्कमा आउने गरेका थिए।सनिवार बर्दियाबाट पार्क अवलोकनको लागि आउनुभएका शंकर चौधरीले पहिले पनि पार्क अवलोकनका लागि आएपनि धेरै पछि पार्क खुल्ला हुदा अब पर्यटकको आगमनमा वृद्धि हुने बताउनुभयो। “हामी पार्क खुल्ला छ भन्ने ठानेर यस अघि पनि आएका थियौ।” चौधरीले भन्नुभयो,”पार्क बन्द छ भन्ने जानकारी नपाउदा धेरै समस्या भोग्नु पर्यो। सबै क्षेत्र बिस्तारै चलायमान हुँदै गएको अबस्थामा नगरपालिकाले पिकनिक स्पट पनि संचालनला ल्याउनुपर्छ।”
अबलोकनको लागि खुल्ला गरिएपनि विश्वव्यापी रुपमा रहेको कोरोना महामारीले गर्दा त्यसबाट बच्न स्वास्थ्यका सबै मापदण्ड पालना गर्न लगाई टीकापुर पार्क अबलोकनका लागि खुल्ला गरिएको कुरा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद शर्माले बताउनु भयो ।
” पार्क अबलोकन खुल्ला गरिएपनि पार्क मात्र खुला गरेक छौ।” प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो,” पार्क भित्र पिकनिक तथा बनभोज जस्ता कार्यक्रम भने रोक लगाएको छ। बनभोज कार्यक्रम संचानलका लागि पनि छलफल भइरहेको छ।” टीकापुर नगरपालिकाले अबलोकनकर्ताले मास्कको अनिबार्य प्रयोग गर्नुपर्ने, सम्बन्धित स्थानमा राखिएको साबुनपानीले हात धुनु पर्ने, पार्कभित्र रहेका जुनसुकै बोटबिरूवा वा रेलिङ्गहरूमा छुन नपाइने जथाभाभि फोहर गर्न नपाईने, फोहोरलाई सम्बन्धित स्थलमा ब्यबस्थापन गर्नुपर्ने, प्रति समुहमा बढिमा २५ जनाभन्दा बढिको संख्यामा प्रबेश गर्न नपाईने, एक अर्काबीच भौतिक दुरी कायम गर्ने जस्ता सर्त तोकिएका पार्कमा कर्मचारी चौधरीले बताउनुभएको छ।
पार्क खुल्दा त्यस क्षेत्रका ब्यावसायिहरु पनि खुसी भएका छन। टीकापुर पार्क छेउमा होटेल ब्यबसाय गर्दै आएका आका रेस्टुरेन्टका संचालन रबिन्द्र बिस्टले ब्यबसाय पहिले नै संचालन भएपनी पार्क बन्द हुदा आफुहरुले ब्यबसाय बन्द गरेजस्तै रहेको बताउनुभयो। ” अब पार्क खुल्दा केही आसा देखिएको छ। यस अघि साउको र बैंकको ब्याज समेत तिर्न सक्ने अबस्थामा थिएन।” बिस्टले भन्नुभयो, ” पहिले यो सिजनमा दैनिक एक लाख सम्मको ब्यापार हुन्थ्यो। अहिले सुनसान छ। तर पनि लामो समय पछि पार्क खुल्दा अब केही ब्यबसायमा केही आस थपिएको छ।”
पार्कको अबलोकन समय बिहान सात बजेदेखि बेलुकि पाँच बजेसम्म खुल्ला गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *