शेयेर गर्नुहोस
टीकापुर ११ फागुन /
जानकी गाउँपालिका वडा नं. ३ स्थित आदर्श एकेडेमीको १६ वार्षिकोत्सब तथा अभिभावक दिवस बिहिवार सम्पन्न भएको छ ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष देवीराम कोइरालाकोअध्यक्षतामा भएको वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी प्रमुख अतिथि रहेका थिए भने गाउँपालिकाका शिक्षा अधिकृत धर्मानन्द कपाडी विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चौधरीले शैक्षिक गुणस्तर कायम गर्ने कुरामा बिधालयहरुले ध्यान दिनुपर्ने बताएका छन् । उनले सामुदायिक र संस्थागत बिधालयहरुको सम्बन्धमा गाउँपालिकाले पुरकको काम गर्ने बताउँदै समग्र गाउँपालिकाको शैक्षिक गुणस्तरका लागि सबैसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन् ।
कार्यक्रममा टीकापुर उद्योग वाणिाज्य संघका महासचिव नवराज रिमाल, आरएमई स्कुल टीकापुरका अध्यक्ष टेकराज रेग्मी, सामाजिक अगुवा बपल बहादुर रावत, योग गुरु ठम्मन बम लगाएतको सहभागिता रहेको थियो । बिधालयले १६ वार्षिकोत्सबको अवसरमा बिधालयको आन्तरिक प्रतिस्पर्धामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ भने सोही अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत सञ्चालन गरिएको थियो । बिधालयका सहायक पृन्सिपल कमल कठरियाले कार्यक्रमको स्वागत गरेका थिए ।