आफुप्रती भ्रम फैलाएको भन्दै शाहीको ध्यानाकर्षण

शेयेर गर्नुहोस


टीकापुर ०५ फागुन/
अनार चुनाव लिएर प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र बहादुर शाहीले भ्रमपुर्ण प्रचारप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नं. १ अन्तर्गत स्वतन्त्र उम्मेदवारको हैसियतमा निर्वाचन अभियान सञ्चालन गरिरहेको यस उम्मेदवारीको तर्फबाट हाल सामाजिक सञ्जाल तथा विभिन्न माध्यम मार्फत फैलाइएको भ्रामक सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको शाहीले बताएका हुन । विशेषतः, क्याप-टोपी चुनाव चिन्हका स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको र अर्को पार्टीलाइ सहयोग गर्ने भन्ने हल्लासँगै उनले अनार चुनाव चिन्हको उम्मेदवारले समेत उम्मेदवारी फिर्ता लिएको भनी प्रचार गरिएको दाबी पूर्णतः असत्य, आधारहीन र नियोजित रूपमा भ्रम सृजना गर्ने उद्देश्यले फैलाइएको प्रचार मात्र भएको प्रेस बिज्ञाप्ति मार्फत जनाएका छन् ।
उनले भनेका छन्, “यस सम्बन्धमा स्पष्ट पार्न चाहन्छौं किः हाम्रो उम्मेदवारी यथावत् कायम रहेको छ। कुनै प्रकारको उम्मेदवारी फिर्ता, आपसी सहमति वा अन्य कुनै राजनीतिक समझदारी भएको भन्ने प्रचार पूर्णतः कपोलकल्पित हो। मतदातालाई अन्योलमा पार्ने, निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने र स्वतन्त्र उम्मेदवारको छविमा आघात पुर्याउने नियतले यस्ता अफवाह फैलाइएको देखिन्छ। निर्वाचन आचारसंहिता विपरीत यस्ता भ्रामक सूचना फैलाउने कार्यप्रति हामी घोर आपत्ति जनाउँदै सम्बन्धित निकायलाई आवश्यक छानबिन तथा कारबाहीका लागि अनुरोध गर्दछौं । सम्पूर्ण मतदाता महानुभावहरूमा सत्य तथ्यमा आधारित सूचना मात्र विश्वास गर्न तथा भ्रमपूर्ण प्रचारप्रति सजग रहन हार्दिक अपिल गर्दछौं। लोकतान्त्रिक मूल्य-मान्यताको सम्मान गर्दै निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *