शेयेर गर्नुहोस
टीकापुर २० जेठ /
जानकी गाउँपालिका वडा नं. ६ जगतपुरमा रहेको बालज्योती माद्यामिक बिधालयको अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ ।
बिधालयको उक्त अभिभावक भेलाको अवसरमा समाजसेवी लक्ष्मीप्रसाद खनालले आफ्ना स्वर्गीय आमाबुबाको स्मृतिमा एक लाख एक हजार एक सय पाँच रुपैयाँको अक्षयकोषको घोषणा गरेका छन् । उनले स्व आमा सरस्वती खनार र बुवा श्रीप्रसाद खनालको नाममा अक्षयकोषको घोषणा गरेका हुन । उक्त अक्षयकोषको रकमबाट आएको व्याजले बिधालयमा कक्षा १० मा उत्कृष्ट हुने एक जना छात्र र एकजना छात्रालाई पुरस्कार वितरण गरिने उनले बताएका छन् ।
बिधालय व्यवस्थापन समिती अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष इन्द्र चौधरी रहेका थिए । चौधरीले सामुदायिक बिधालयको शैक्षिक गुणस्तरका लागि सबै सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने बताएका छन् । उनले गाउँपालिकाले सामुदायिक बिधालयको गुणस्तर वृद्धिका लागि र सामुदायिक बिधालयमा बिद्यार्थीको संख्या बढाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको भन्दै त्यसमा सबैलाई सहयोग गर्न आग्रह गरेका हुन ।
बिधालयका प्रधानाध्यापक भोजराज चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक नेत्र तिमिल्सिनाले गरेका थिए । बिधालयको अभिभावक भेलाले नयाँ बिधालय व्यवस्थापन समितिका लागि ९ सदस्यीय समिती चयन गरेको छ । जुन समितिबाट एकजनालाई अध्यक्षमा चयन हुनेछन् । जसमा प्यारेन्द्र प्रसाद न्यौपाने, दिलबहादुर चौधरी, निमा चौधरी, बालकृष्णी चौधरी, प्रकाश शाह, बिना कडायत र सिद्धराज कडायत रहेका छन् ।
त्यसैगरी अभिभावक संघको अध्यक्षमा बासुदेव देवकोटा चयन भएका छन् । त्यस्तै सदस्यमा कल्पना ओझा, सुरत चौधरी, कल्पना चौधरी, जनक चौधरी, प्रदीप नेपाली, गौरी चौधरी र सीता चौधरी चयन भएका छन् ।