आरएमईको १३ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर १३ फागुन /
रेडियन्ट मन्टेश्वरी इङलिस स्कुल (आरएमई) को १३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज रेग्मीको अध्यक्षतामा भएको वार्षिकोत्सब कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले शैक्षिक क्षेत्रले शैक्षिक गुणस्तर कायम गर्न सक्यो भने त्यससबाट अभिभावक पनि सन्तुष्ट हुने गरेको बताएका छन् । उनले शैक्षिक क्षेत्रमा अब्बल बिधालय अभिभावकको रोजाइमा पर्ने गरेको बताउँदै सबै बिधालयले शैक्षिक गुणस्तरलाई ध्यान दिन आवश्यक रहेको बताएका छन् । “टीकापुरलाई शैक्षिक नगरीको नामले पनि चिन्ने गरिन्छ । त्यसलाई संस्थागत कार्यान्वयनमा संस्थागत र सामुदायिक बिधालय बीचको सम्बन्ध पारस्परिक हुन आवश्यक छ ।” नगर प्रमुख थारुले भने “बिधालय बीचको सम्बन्ध पारस्परिक भएर अभिभावकको मन जित्न सक्यो भने टीकापुर आफै शैक्षिक नगरीको रुपमा स्थापित हुने छ ।”
उनले आरएमई टीकापुरकै नमुना बिधालयको रुपमा स्थापित हुँदै गएको बताउँदै निकट भविष्यमा आरएमईले छुट्टै इतिहास बनाउने विश्वास बताएका छन् । “संस्थागत बिधालयहरुको बीचमा शैक्षिक गुणस्तरका हिसाबले होस् वा अन्य प्रशासनिक हिसाबले आरएमई स्कुल सबैभन्दा अगाडि छ ।” नगर प्रमुख थारु भन्छन्, “त्यसको प्रमुख पाटो सफल नेतृत्व हो । एउटा ब्याक्ती जो नेतृत्वमा छ त्यो सबल र सक्षम भयो भने त्यो संस्था आफै सफल हुने उदाहरण टीकापुरका लागि आरएमई हो ।”
नगर प्रमुख थारुले टीकापुरको सुन्दर परिकल्पनालाई साकार बनाउन ब्याक्तिगत र संस्थागत रुपमा सबैको समन्वय र सहकार्य आवश्यक रहेको पनि बताएका छन् । उनले गलत कुराहरूलाई बिर्सेर सकारात्मक कुराहरुलाई प्राथमिकतामा राख्न सक्यो भने सुन्दर समाज निर्माण गर्न समय नलाग्ने बताए । “आज राज्यले गर्नुपर्ने धेरै कामहरू निजि क्षेत्रहरुले पूरा गरिरहेका छन् । त्यसलाई राज्यले महसुस गर्नुपर्छ र गरेको पनि छ ।” उनले भने, “शिक्षामा पनि त्यहीँ हो । त्यसलाई सकारात्मक रुपमा लिएर सामुदायिक र संस्थागत भित्रको अन्तरद्वन्दलाई विस्थापित गर्ने सोच हामीले राख्न सक्यो भने शैक्षिक नगरीको सपना धेरै टाढा छैन ।”
वार्षिकोत्सब कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढविन्द्र बहादुर रावलले शैक्षिक गुणस्तर कायम गर्दै उच्च शैक्षाका लागि दक्ष जनशक्ति उत्पादनमा आरएमई स्कुल अगाडि रहेको बताएका छन् । उनले छोटो समयमा शैक्षिक क्षेत्रमा आरएमई स्कुलको उपलब्धिलाई सफल नेतृत्वको उदाहरणको रुपमा लिन सकिने बताएका छन् । अभिभावकको तर्फबाट बोल्दै पदम सापकोटाले शिक्षा क्षेत्रमा निजि क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । उनले राज्यले गर्नुपर्ने काम गरिरहेका निजि संस्थाहरुलाई उच्च सम्मान गर्नुपर्ने बताएका छन् ।
बिधालयले वार्षिकोत्सब कार्यक्रमको अवसर पारेर गर्दै आएको विषेश सम्मान ग्रहण गर्दै सम्मानित भएका सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने मोहनराज उपाध्यायले शैक्षिक क्षेत्रमा छोटो समयमा राष्ट्रिय रुपमा मात्रै नभई अन्तरास्ट्रिय स्तरमा पनि आरएमईले आफ्नो छाप छोड्न सफल भएको बताएका छन् । उपाध्यायले टीकापुरको परिकल्पनाकार स्व खड्गबहादुर सिंहको सपनालाई साकार बनाउने एउटा स्तब्धको रुपमा आरएमईले काम गरिरहेको बताएका छन् । बिधालयले गरेको सम्मानप्रती आभार समेत प्रकट उपाध्यायले गरेका छन् ।
बिधालयका शिक्षक रतन खड्काले सञ्चालन गरेको कार्यक्रममा बिधालयको आन्तरिक प्रतिस्पर्धामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो भने विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत भएका थिए । कार्यक्रमको स्वागत सहप्राचार्य लोकबहादुर साउँदले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *