शेयेर गर्नुहोस
टीकापुर २६ चैत /
टीकापुर इलेक्ट्रो एसोसिएसनको अध्यक्षमा गगन सिंह विक चयन भएका छन् ।
एसोसिएसनको बुधबार सम्पन्न भएको चुनावी वार्षिक साधारण सभाबाट आकाश मोबाइल ग्यालरीका सञ्चालक विक अध्यक्षमा चयन भएका हुन । त्यसैगरी इलेक्ट्रोनिक्स उपाध्यक्ष तर्फ दिपक देवकोटा चयन हुँदा मोबाइल ग्यालरीतर्फबाट सुतारी मोबाइल ग्यालरीका सञ्चालक लोकबहादुर विक निर्वाचित भएका छन् ।
लक्की ट्रेर्डसका सञ्चालक खगेन्द्र चौधरी सचीवमा चयन भएको अध्यक्ष विकले जानकारी दिएका छन् । सहसचिवमा एस एस मोबाइल ग्यालरीका सञ्चालन सन्तोष विक, कोषाध्यक्षमा बटाला मल्ट्री ट्रेडका सञ्चालन जनक बटाला चयन भएका छन् ।
त्यस्तै इलेक्ट्रो एसोसिएसनको सदस्यमा अशोक चौधरी, दिपेन्द्र चौधरी, झपट सोडारी र दिलिप चौधरी चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष विकले इलेक्ट्रो एसोसिएसनमा आबद्ध सबै व्यापारीहरुको साझा हक अधिकारका लागि कटिबद्ध भएर काम गर्ने उल्लेख गर्दै नेतृत्वका लागि सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।








