उत्कृष्ट महिला सहकारीको अवलोकन

शेयेर गर्नुहोस


टीकापुर १० बैशाख /
जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरमा बर्दियाको राजापुरमा रहेको उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अवलोकन भ्रमण गरेको गरेको छ ।
उत्कृष्ट सहकारी संस्थाहरुले गरेका असल अभ्यासहरुलाई आफ्नो सहकारी संस्थामा लागु गरेर सहकारी संस्थालाई थप राम्रो बनाउने उदेश्यले अवलोकन भ्रमण गरिएको उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनलक्ष्मी काफलेले बताएकी छन् । बर्दियाको राजापुर क्षेत्रमा रहेर सदस्यहरुको सेवा गरिरहेको भएपनि सुदूरपश्चिम प्रदेशमा विभिन्न विधामा उत्कृष्ट संस्था सम्मान तथा पुरस्कार प्राप्त गरेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले के कसरी काम गरिरहेको रहेछ भन्ने जान्ने उत्सुकताका साथ आफुहरु टीकापुर पुगेको अध्यक्ष काफ्लेले बताइन् ।
जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष नृपराज भण्डारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष काफ्ले प्रमुख अतिथि रहेकी थिइन्, भने जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष बद्रि प्रसाद भट्राई विशिष्ट अतिथि रहेका थिए । जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका सचिव लालकेश जैशीले स्वागत गरेको कार्यक्रमको संचालन व्यवस्थापक छबिलाल जैशीले गरेका थिए ।
कार्यक्रम संचालनका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै जनकल्याण बचत तथा ऋण सहकारीका व्यवस्थापक जैशीले सहकारी संस्थाहरुलाई सहकारी सिद्धान्तहरुको पुर्ण रुपमा पालना गर्दै नीति, विधि र प्रविधिका साथ पुर्ण मापदण्डलाई पालना गरेर संचालन गर्ने हो भने समस्या नआउने बताए । कार्यक्रममा दुबै संस्थाका तर्फबाट आफ्नो संस्थाले गरेका असल अभ्यासहरुको सिकाइ आदान प्रदान गरिएको थियो । कार्यक्रममा दुबै संस्थाका संचालक, कर्मचारी, शेयर सदस्य गरी ५५ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *