शेयेर गर्नुहोस
टीकापुर १३ वैशाख /
नेपाल निवृत्त शिक्षक समाजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
नेपाल निवृत्त शिक्षक समाज नगर समिति टीकापुरको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि सेवा निवृत्त समाजका केन्द्रिय उपाध्यक्ष महेन्द्र सिंह बमले निवृत्त शिक्षक भइसकेपछि नागरिक समाजलाई प्रेणादायी काम र सेवा दिन सक्नुपर्ने बताएका छन् । उनले शिक्षक उमेरले बूढो भएपनि पेशाले बुढो नहुने बताउँदै शिक्षकहरुले आफुमा भएको ज्ञान दिन सधैं तयार रहनुपर्ने बताएका छन् ।
कार्यक्रमम विशिष्ट अतिथि टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले शिक्षक पेशालाई देशको दक्ष जनशक्ति उत्पादन गर्ने मेसिनका रुपमा लिन सकिने बताएका छन् । उनले अहिलेको शिक्षा स्थितिलाई सुधार गर्न निवृत रहेका शिक्षकहरुलाई विद्यालायका कार्य समितिहरुमा समेट्नु पर्ने बताएका छन् । साथै उनले निवृत्त शिक्षकहरुबाट राज्यले लिन सक्ने फाइदा लिन नसकेको बताउँदै आगामी आर्थिक वर्ष देखि वडा स्तरबाट निवृत्त शिक्षक समाजलाई प्रयोगमा ल्याउने समेत बताएका छन् ।
कार्यक्रममा समाजका आजीवन सदस्य भक्तिराम कोइराला, जानकी गाउँपालिका सेवा निवृत्त शिक्षक दिनेश चाैधरी, भजनी नगरपालिका सेवा निवृत्त शिक्षक यज्ञराज उपाध्याय, पंतजली योग समिति टीकापुरका अध्यक्ष छविलाल जैशी, देवकोटा साहित्य समाजका अध्यक्ष बलबहादुर रावल, टीकापुर आधारभूत बिधालयकी प्रधानाध्यापक शान्ति नेपाली, नागरिक समाजका अध्यक्ष भिमराम चपाई, समाजका निवर्तमान जिल्ला अध्यक्ष डिल्लीराज उपाध्याय, वर्तमान जिल्ला उपाध्यक्ष दिपेन्द्र खड्का, कोमल प्रसाद अधिकारी, आजीवन सदस्य यज्ञमुर्ति अर्याल, जिल्ला अध्यक्ष सुमन कुमार न्याैपाने र केन्द्रिय सदस्य हिरालाल बरालले शुभकामना मन्यव्य दिएका थिए ।
समाजका अध्यक्ष ज्योति प्रसाद बुढाथोकीको अध्यक्ष्ातामा भएको कार्यक्रमको स्वागत केन्द्रिय परिषद् सदस्य काशीराम ढुङ्गानाले गरेका थिए भने सञ्चालन सचिव जगत बहादुर थापाले गरेका थिए ।










