उपचार गराईरहेका ४ जना कोरोना सक्रमितको मृत्यु

शेयेर गर्नुहोस


समाधान समाचार , धनगढी २१ बैशाख /
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका ४ जना कोरोना सक्रमितको मृत्यु भएको छ । कैलाली, कन्चनपुर, बझाङ र बर्दियाका १/१ जना कोरोना सक्रमितको मृत्यु भएको जिल्ला प्रसासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशिले बताए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका ७ की ७७ कर्षिय महिलाको आज विहान २ ३० बजे मृत्यु भएको हो । उनलाई बैशाख १२ गते कोरोना पुष्टि भएपछि कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका १२ का ७१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी जोशीले जानकारी दिए । उनलाई २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको मङ्गलवार बिहान २ः४५ मा मृत्यु भएको हो ।

यस्तै बझाङका २६ बर्षिय कोरोना सक्रमीत पुरुषको सेति प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख १४ गते कोरोना पुष्टि भई २० गते राति उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दियाको उतानपुर गाउपालिका २ बस्ने बर्ष ३० पुरुषको उपचारका क्रममा सेति प्रादेशिक अस्पताल मृत्यु भएको छ । बैशाख २० गते स्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागी सेति प्रादेशिक अस्पताल ल्याएकोमा आज बिहान २ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रसासन कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *