एउटै उपलब्धि फरकफरक पत्रकार सम्मेलन

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १७ भदौ /

टीकापुर नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको सय दिन पूरा भएको छ ।
सय दिनमा भएका उपलब्धिहरुको जानकारी भने नगर प्रमुख र नगर उपप्रमुखले फरकफरक पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । नगरपालिकामा भएका कामको उपलब्धि हेर्दा कुनै भिन्नता छैन तर नगर उपप्रमुख खडक बहादुर शाहले सय दिनको उपलब्धि सार्वजनिक गर्नका लागि १४ गते पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरे भने बिहिवार नगर प्रमुख रामलाल डगौंरा थारुले त्यहीँ सय दिनको उपलब्धिको बारेमा फरक पत्रकार सम्मेलन गरे । यसरी हेर्दा नगरपालिकाका जनप्रतिनिधिहरुले उपलब्धि जे गरेपनि आपसमा भने निकै फाटो आएको भन्ने बुझ्न कठिन नहोला ।
नगर उपप्रमुख शाहले सार्वजनिक गरेका १५ बुदा थिए भने नगर प्रमुख थारुले गरेको उपलब्धि १७ बुदामा छन् । तर, उपलब्धिहरुमा केही फरक देखिएको छैन ।
नगर प्रमुख थारुले सार्वजनिक गरेको उपलब्धिहरुमा टीकापुर नगरपालिकालाई उज्यालो बनाउन नगर क्षेत्र भित्रका विभिन्न चोक चौराहामा हैलोजन लाईट जडान कार्यको थालनी भईसकेको र यस कार्यलाई उज्यालो कार्यक्रम अर्न्तगत अभियानकै रुपमा निरन्तरता दिई नगरपालिका भरी विस्तार गरिने, नगर क्षेत्रको फोहरलाई दिर्घकालिन रुपमा व्यवस्थापन गर्नुका साथै फोहरलाई मोहरमा परिणत गर्न संघ संस्थाहरु संग समन्वय भईरहेको, प्रदेश सरकारसंग समन्वय र सहकार्य गरी फोहर व्यवस्थापनका लागि कार्य अगाडी बढाईएको, निर्माण कार्य सम्पन्न भई लामो समय देखि संचालनमा आउन नसकेको बसपार्कको उद्घाटन गरि व्यवस्थित रुपमा टेण्डर प्रकृयाबाट संचालनमा ल्याउने काम गरिएको, नगर क्षेत्रको सौन्दर्यतालाई कुरुप हुने गरि सडक किनार र सार्वजनिक स्थलमा अव्यवस्थित तरिकाले राखेका निर्माण सामग्रीहरुलाई हटाउने कामको थालनी गरिएको बताइएको छ ।
हरेक वर्ष वर्षादको समयमा ढल निकासको समस्या भई बजार क्षेत्रमा डुवानको समस्य हुने गरेको समस्यालाई तत्काल समाधान गर्न नगरपालिकाले आफ्नै जेसिभि प्रयोग गरि मुहान निकास र ढलको सरसफाई गर्ने काम गरेको, विगतका वर्षमा हुने गरेको असारे विकासको अन्त गर्न बैशाख महिनाको मसान्त भित्र योजना तथा कार्यक्रमहरु सम्पन्न गरि भुक्तानी लिईसक्नु पर्ने नितिगत निर्णय गरि कार्यन्वयको लागि काम सुरु भएको, टीकापुर नगरपालिकाको समग्र विकासका लागि औद्योगिक ग्राम स्थापना सम्भाव्यता अध्ययन तथा जग्गाको सुनिश्चितता गरी लगानी सम्मेलनको माध्यमबाट यस क्षेत्रमा लगानी भित्र्याउन लगानी सम्मेलन निकट भविष्यमा गर्ने तयारी भईरहेको सार्वजनिक गरिएको उपलब्धिमा उल्लेख छ ।
नगरको बजार क्षेत्रमा बन्द अवस्थामा परेका शौचालयलाई मर्मत सम्भार र रंघरोघन गरि पुःन संचालनमा ल्याउन प्रकृया अघि बढेको, अस्पताल नजिकै रहेको मासु विक्री सेन्टरलाई उपयुक्त स्थानमा स्थानान्तरण गरि सो स्थानलाई सिटी पार्कका रुपमा निर्माण गर्न प्रकृया अघि बढाईएको, नगरपालिका भित्र नगर विकास समितिको मातहतमा रहेका सार्वजनिक खुल्ला क्षेत्रको संरक्षण र खुल्ला हरियाली बगैचाको नगर बनाउन घेरवार गरि वृक्षारोपणको कार्य प्रकृया अघि बढाईसकेको, टीकापुर पार्कलाई स्वस्थ सफा र प्लास्टीक रहित बनाउन पार्कलाई प्लास्टीक मुक्त क्षेत्र घोषणा गरि कार्यक्रम संचालनका लागि प्रकृया अघि बढाईएको, नगरपालिकाको बाहिरी चक्रपथलाई यसै आर्थिक वर्ष भित्र रेखाकंन गरि कालो पत्रे निर्माणको कार्यको थालनीकोलागि प्रकृया अघि बढाई सकेको, टीकापुर नगर विकास समितिको कार्यालय रहेको क्षेत्रलाई खड्क स्मृती पार्क घोषणा गरि पार्क निर्माणको प्रकृया अघि बढाइएको, नगरपालिकालाई हेरीटेज (सम्पदा) शहरका रुपमा विकास गर्न प्रकृया अघि बढाइएको, शिक्षालाई गुणस्तरीय र समय अनुरुप प्रभावकारी बनाउन टीकापुर क्षेत्रका विद्यालयका शिक्षकहरुको दरबन्दि मिलानका लागि प्रकृया अघि बढी सकेको र शिक्षकहरुको दरबन्दि मिलान पछि प्रभावकारी रुपमा विद्यालयको अनुगमन गरिने कुरा समेत उपलब्धिमा उल्लेख छ ।
साथै, नगरवासीको स्वास्थ्यलाई मध्यनजर गरि टीकापुर अस्पतालमा बालरोग विषेशज्ञा र स्त्री रोग विषेशज्ञा गरि दुइ वटा डाक्टरको सेवा सुविधालाई नगरपालिकाले निरन्तरता दिएको छ साथै सिकलसेल र सर्प दंस उपचारको लागि छुट्टै अस्पताल स्थापनाको लागि प्रकृया अघि बढाएको, नगर विकास समितिको मातहतमा रही अस्तव्यस्त रुपमा रहेको सिटी हललाई व्यवस्थित रुपमा चलायमान हुने गरि संचालनमा ल्याउने काम भएको, नगरपालिकाको बजार क्षेत्रमा रहेका खुल्ला सार्वजनिक स्थललाई हरियाली बगैचाको नगर बनाउन विभिन्न बैंक, वित्तिय संस्था तथा सहकारी संग सहकार्य गरि संरक्षणका लागि पहल गरिएको नगर प्रमुख थारुले सार्वजनिक गरेको उपलब्धिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *