शेयेर गर्नुहोस
अर्जुन खत्री
भजनी १४ असोज/ ज्येष्ठ नागरिक र सराेकारवालाहरु बिच १ दिने नगरस्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। भजनि नगरपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखा भजनिकाे अायाेजनामा भएकाे कार्यक्रममा भजनि नगरपालिकाकि कार्यवाहक नगर प्रमुख छाया देवकाेटाकाे अध्यक्षता भएको हो। कार्यक्रममा ज्येष्ठ नागरिकको हकहित , संरक्षण , सुरक्षा , शाेषण , हेला अादि विषय वस्तुका बारेमा छलफल भएकाे थियाे । कार्यक्रममा बाेल्दै कार्यवाहक नगर प्रमुख छाया देवकाेटाले ज्येष्ठ नागरिककाे लागि नगरपालिका र अाफ्नाे तर्फ बाट सधै सहयाेग गर्न तयार रहेकाे भन्दै ज्येष्ठ नागरिककाे हक हित संरक्षण , सुरक्षाका लागि विभिन्न निकाय संग छलफल भएकाे जानकारी दिनुभयो। उहा्ले ज्येष्ठ नागरिक संग सम्बन्धी कार्यक्रमहरु अागामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो। भजनी नगरपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखाकि शाखा प्रमुख रिऋु चुकाहा चाैधरीले संचालन गरेकाे कार्यक्रममा साेहि शाखाकि कर्मचारी जाैकला सार्किले कार्यक्रमकाे सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा समाज सेवी , वुद्विजिवि , ईलाका प्रहरी प्रतिनिधि , पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे